#
|
|

नेपाल एयरलाइन्सले चार वर्षपछि काठमाडौं-दुबई हवाई सेवा सुचारु गर्यो। निगमले ए-३२० एयरबसबाट हप्तामा तिनवटा भर्न सुरु गरेको छ।
लाखौँ नेपाली कामदार रहेको दुबई सिधा सम्पर्क हुँदा यात्रुहरुलाई फाइदा हुने नै भयो। भर्खरै सुरु भएको यो विमान उडाउने क्याप्टेन विजय लामाले यसैसंग जोडिएको एउटा रोचक प्रसंग फेसबुकमा सार्वजनिक गरेका छन्।
उडान भरेर काठमाडौँ आएपछि बस भित्र एकजना यात्रुले यस्तो विमानको मूल्य कति पर्छ भनेर सोधेछन्। उनले अचम्म मानेर किन सोधेको भन्दा यस्तो उत्तर आएछ।
” दुबाइ मा ४ देखी ५ लाख नेपालीहरु छन्, हामी सबै मिलेर एउटा विमान किनी दिन्छौ यदी तपाईंहरुले दिन मा २ वटा उडान गरी दिने बाचा गर्न सक्नुहुन्छ भने”
विजय लामालाई अचम्मित पारेको यो प्रश्न र ती यात्रुको जवाफी उत्तरले धेरै मानिसको मन छोएको छ। धेरैलाई विश्वास छ नेपाल पैसा नभएर विकास नभएको होइन। चाहने हो भने लगानी जसरी पनि जुटाउन सकिन्छ। ती यात्रुको भनाइलाई नै आधार मान्ने हो भने पनि दुबईमा बस्ने नेपालीहरुले मात्रै लगानी गरेर नेपाल एयरलाइन्सलाई एउटा विमान किन्न सकिने अवस्था रहेछ।
यदि दुबईमा पाँचलाख नेपाली छन् भनेर मान्ने हो भने पनि ए-३२० विमान किन्न प्रतिव्यक्ति १४० अमेरिकन डलर मात्र पर्न आउँछ। ए-३२० को करिब मूल्य ७ करोड अमेरिकी डलर छ। निरन्तर घाटामा रहँदै आएको र आफ्नै पैसाले नयाँ विमान किन्न असमर्थ रहने गरेको नेपाल एयरलाइन्सलाई एयरबस किन्दिन सक्ने रहेछन्।
१५८ सिट क्षमताको ए– ३२० एयरबसको काठमाडौँबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौँबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौँ आउन चार घन्टा १५ मिनेट समय लाग्नेछ । निगमले सातामा तीन वटा उडान गर्नेछ । एक ट्रिपको ३२ हजार रुपैयाँ भाडा तोकिएको छ।
Comments[ 0 ]
Post a Comment