#
|
|

उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले पूर्व राजा ज्ञानेन्द्रकी आमा अर्थात पूर्व मुमा बडामारानी रत्न बस्दै आएको नारायणहिटी दरबार संग्राहलायस्थित महेन्द्र मञ्जिलको विद्युत आपुर्ति बन्द गरेको छ ।
लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्ने अभियान अन्तर्गत प्राधिकरणले महेन्द्र मञ्जिलको लाइन काटेको हो ।
महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यो विगत र वर्तमान
उनी हुन् राजा महेन्द्रकी पत्नी रत्नराज्यलक्ष्मी शाह । यहीँ, जहाँबाट कुनै बेला सिंगो देशको शासनसत्ता चल्थ्यो । महारानी खोक्दा पनि दरबारभन्दा आसेपासे सजग हुन्थे । र, आज त्यहीँ जहाँ छानोबाट पानी झर्छ । बिजुली भनेको बेला बल्दैन । पिउने पानी पनि कहिलेकाहीँ त अभाव भइदिन्छ । पूर्व बढा महारानी रत्ना कस्ता–कस्ता नजिकका मान्छे पनि नभेटी काल पर्खेर बसेकी छिन् । नारायणहिटीभन्दा तत्कालीन राजा राजपरिवारका सबै सदस्य विद्या भइसकेका पनि ९ वर्ष पूरा भयो । तर यी दुखी महारानी न नारायणहिटी छाड्छिन् न त्यहाँ सुखले बस्नै पाउँछिन् ।
भुकम्पले उनी बस्ने महेन्द्र मञ्जिल धुजाधुजा बनाएपछि सर्वसाधारणझैँ उनको बास नारायणहिटीभित्रैको एउटा अस्थायी टहरामा भयो । छोरा तथा पूर्वराजा ज्ञानेन्द्र र नातिनी बुहारी हिमानीले उनलाई निर्मलनिवास लैजान अनेक कोसिस गरे तर मानिनन् । उनको अडान हो, जहाँ महेन्द्रको मन बसेको थियो, मेरो मृत्यु त्यही हुनुपर्दछ ।
Comments[ 0 ]
Post a Comment