१९ साउन, एजेन्सी।
एयर अमीरातको विमानमा बुधबार दुबईको अन्तराष्ट्रिय एयरपोर्टमा आगो लागेको छ।
एयर अमीरातको फ्लाइट ५२१ को दुबई एयरपोर्टमा क्र्यास ल्याण्डिङ गराइएको हो। ल्याण्डिङ गराउँदा विमानमा आगो लागेको बताइएको छ।
विमानमा चालक दल सहित २७५ यात्रु सवार थिए। विमान भारतको तिरुवन्तपुरमबाट स्थानीय समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा दुबइको लागि उडान भरेको थियो।
अहिलेसम्म कुनै मानवीय क्षतीको विवरण आएको छैन।
Comments[ 0 ]
Post a Comment