#
|
|
देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हात हल्लाएर संसद भवनबाट बाहिरिएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । प्रचण्डको सपथ भोली विहीबार हुने भएको छ ।
प्रचण्डले बिहीवार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
यस अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट कुनै प्रतिक्रिया नदिइकन बाहिरिएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड देशको नयाँ प्रधानमन्त्री चुनिएपछि ओली अनौठो प्रतिक्रिया दिँदै केही पनि नबोली बाहिरिएका हुन् ।
Comments[ 0 ]
Post a Comment