#
|
|

चीन अव संसारलााई आफ्नो नजरमा राख्न ‘गाओफेन-3’ नामक स्पाइ स्याटेलाइट सफलतापूर्वक परीक्षण गरेको छ । यो स्याटेलाइटको सहायताले चीन अव संसारभरीका समुन्द्री गतिविधी नियाल्न सक्षम हुनेछ ।
गाओफेन-3 चीनको पहिलो अर्विट रिमोट सेन्सिङ स्याटेलाइट हो । यसले हाइ रेज्योलुसनको तस्विर लिन सक्छ । यसले लामो दुरी सम्मको तस्विर लिने क्षमता पनि राख्ने चीनको सिन्हुवा समाचार समितिले जनाएको छ ।
चीनले यो स्याटेलाइट चाइना स्टेट ओशीऐनिक ऐडमिनिस्ट्रेशनले समुद्री तटलाई निगरानी गर्न प्रयोग गर्नेछ । यो स्याटेलाइट आगामी ८ वर्ष देखि २४ सै घण्टा प्रयोग गरिनेछ ।
चीनले यो स्याटेलाइट लञ्च गरेपछि भारतीय मिडियामा तरंग देखिएको छ । कतिपय मिडियामा भारतलाई नै टार्गेट गरेर चीनले यो स्याटेलाइट राखेको समेत भनेका छन् ।
यस अघि चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले साउथ चाइना सीको विषयमा भारतको अनावश्यक संलग्नताले २ देशबीचको सम्बन्ध प्रभावित हुन नहुने भन्दै भारतलाई नचाहिने कुरामा निहँ नखोज्न चेतावनी दिएको छ ।
ग्लोबल टाइम्सले भनेको छ, ‘‘ भारतले यदि आर्थिक सहयोगका लागि राम्रो वातावरण बनाउन चाहन्छ भने वाङ यीको भ्रमणका क्रममा साउथ चाइना सीको विषयमा प्रवश नगरेकै राम्रो हुन्छ” ।
Comments[ 0 ]
Post a Comment