#
|
|
सरकारले आफ्ना २ उपप्रधानमन्त्रीलाई विशेष दुतकोरुपमा भारत र चीन पठाउने निर्णय गरेको छ ।
आज सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरालाई चीन पठाउने र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई भारत पठाउने निर्णय गरेको हो ।
चीन र भारतबाट हुने तय भएका उच्चस्तरीय नेपाल भ्रमणलाई सहजीकरण गरी सम्बन्ध विस्तारका लागि सरकारका विशेष दुत बनेका उपप्रधानमन्त्रीहरुले पहल गर्ने बुझिएको छ ।
राप्रपा र नेकपा संयुक्तका दुई मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले मन्त्रीपरिषद् बिस्तार गरेपछि पहिलो पटक मन्त्रीपरिषद बैठक बसालेर प्रधानमन्त्री प्रचण्डले यस्तो निर्णय गराएका हुन् ।
सरकारले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
Comments[ 0 ]
Post a Comment