#
|
|

२०५२ सालमा शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दोस्रो पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पुगेका छन् । युद्धकाल देखि नै प्रचण्ड रहस्यमय पात्र थिए । उनको विषयमा अनेक किब्दन्ती बनेका थिए । नेताहरु समेत प्रचण्ड भन्ने ब्यक्ति छन् कि छैनन् भन्ने कुरामा बहस गर्थे ।
खुला राजनीतिमा पनि प्रचण्डलाई रहस्यमय पात्रकोरुपमा लिनेको कमि छैन । उनीमाथि डाइनामिक र अस्थिर दुवैको पगरी लाग्ने गरेको छ ।
कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड अहिले उनै देउवासँगको सत्ता साझेदारीमा दोस्रो पटक प्रधानमन्त्री भएका छन् ।
विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिमा पनि केन्द्र भागमा देखिन्छन् ।
कुनै बेला प्रचण्डले जस्तो भयानक सशस्त्र विद्रहको नेतृत्व गर्थे भन्ने कुरा अव इतिहासमा सीमित भएको छ । तर इतिहास कहिल्यै मर्दैन ।
अहिले पुष्पकमल दाहाल बनेका प्रचण्डको युद्धकालीन समयमा जनसेनासँग हिँड्दै गरेको भिडियो दृष्य सार्वजनिक भएको छ ।
माओवादी केन्द्रका लोक बहादुर बोहराले तत्कालीन जनसेनाका सर्वोच्च कमाण्डर प्रचण्ड आफ्ना लडाकु दस्ताको नेतृत्व गर्दै हिँडेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । भिडियोमा प्रचण्ड पत्नी सीता सहित महिला र पुरुष लडाकुहरुसँग यात्रा गरिरहेका देखिन्छन् । यद्यपी यो कुन स्थानको दृष्य हो भन्ने खुलाइएको छैन ।
हेर्नुस् भिडियोः
भिडियो हेर्दा फिल्मी कहानी जस्तो लाग्छ । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेको ८ वर्षपछि पुनः सत्तारोहणसँगै एकपटक ‘प्रचण्ड’ समय फर्किएको छ । कुनै बेला लडाकु दस्ता लिएर गाँउघर र जंगलमा हिँड्ने प्रचण्ड अहिले सुरक्षा दस्ता लिएर राजधानीमा ओहोर दोहोर गरिरहेका छन् ।
Comments[ 0 ]
Post a Comment