#
|
|

२७ साउन, जनकपुर । धनुषाका एक गाविस सचिवले भारतीय नागरिकहरुलाई नेपाली नागरिकताको लागि सिफारिस गरेको तथ्य वाहिर आएको छ ।
जिल्लाको मुखियापट्टी मुसरनिया गाविसका सचिव रामसुन्दर यादवले भारतीय नागरिकलाई रकम चलखेलको आधारमा अवैध रुपमा नागरिकताको लागि गाविसबाट सिफारिस गरेको सार्वजनिक भएको हो ।
भारत मधुवनी जिल्ला हरलाखी थाना फुलहर ग्राम पञ्चायत वडा नं.४ निवासी जंगबहादुर महतोकी बुहारी प्रविण महतोकी श्रीमती पुनम देवी महतो, गाविसको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिन आएपछि यो तथ्य वाहिर आएको हो ।
धनुषाको मुखियापट्टी मुसरनिया वडा नं.६ निवासी पुनम महतो ४ वर्ष अगाडि भारतमा विवाह गरिसकेको भएपनि गाविस सचिव यादवले महतोसँग घुस लिएर नागरिकता बनाउन खोजेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सचिव यादवले सिफारिस पत्रमा महतो अविवाहित रहेको उल्लेख गरेका छन् भने गाविसको ओसी पत्रमा भारतमा विवाह भएको उल्लेख गरेर किरते गरेको कार्यालयले जनाएको छ ।
ऐन कानून विपरित नागरिकताको लागि सिफारिस गरेको भन्दै स्थानीयले गाविस सचिव यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरीसमेत दिएका छन् ।
Comments[ 0 ]
Post a Comment