#
|
|

सरकार गठनका लागि गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रले मधेश केन्द्रित दलहरुसँग ३ बुँदे सहमति भएको छ ।
प्रचण्डले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु अघि मधेशी दलहरुसँग सहमतिमा हस्ताक्षर भएको बुझिएको छ ।
सहमति पछि मधेशी नेताहरु समेत प्रचण्डलाई समर्थन गर्दै उम्मेदवारी दर्ताका लागि ल्होत्से हल पुगेका थिए । यस अघि अनुमान नै नगरिएका मधेशी जनाधिकार फोरमका उपेन्द्र यादव, महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण समेत प्रचण्डको उम्मेदवारीमा समर्थक बसेका छन् ।
कांग्रेस-माओवादी गठबन्धनले मधेशी मोर्चासँग गरेको सहमतिः
१- मधेशका माग पुरा गर्न प्रक्रिया अघि बढाउने
२- सरकार गठन भए लगत्तै आन्दोलनमा मारिएकाहरुलाई शहिद घोषणा गर्ने घाइतेहरुलाई उपचार गर्ने
३- आन्दोलनका क्रममा भएका घटनाको विषयमा न्यायिक छानविन आयोग गठन गर्ने, बन्दीहरुको रिहाइ गर्ने, प्रचण्डलाई मतदान गर्ने सरकारमा नजाने
एमाले प्रतिपक्षमा
उता नेकपा एमालेले संसदमा हुने प्रधानमन्त्रीको चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ । तर प्रस्तावित उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय भने एमालेले गरेको छ ।
यस अघी एमालेबाट पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने ब्यक्ति आगामी प्रधानमन्त्रीका चुनावमा समेत स्वतः दावेदारी हुने भएकाले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय एमालेमा भएको बुझीएको छ ।
Comments[ 0 ]
Post a Comment