#
|
|

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड साउन १९ अर्थात भोलि (बुधबार) नेपालको ३९ औं प्रधानमन्त्री बन्ने सुनिश्चित जस्तै भएको छ ।
आफ्नै ८२ सिट रहेको माओवादीलाई २०७ सिट रहेको कांग्रेससहित मधेसी मोर्चा, राप्रपा, फोरम लाकतान्त्रिकसहितका १७ दलले सहयोग गर्ने भएपछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
प्रचण्डले मधेशी मोर्चामा सहभागी दलका नेताहरुलाई समेत समर्थक बनाएर देउवाको प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवारी दिएका छन् । भोलि हुने मतदानमा प्रचण्डको पक्षमा बहुमत पुग्ने निश्चित छ ।
पचण्डलाई सहयोग गर्ने दल १७ वटा देखिएका छन् । जसमा ३६४ मत पुग्ने देखिन्छ । अहिलेको व्यवस्थापिका संसदमा जम्मा ५९४ सांसद छन् । बहुमतबाट प्रधानमन्त्री बन्न २९८ मत आवश्यक पर्छन । तर, प्रचण्डलाई समर्थन गर्ने १७ दलको सिट संख्या जोड्दा ३६४ पुग्छ । यो मत भनेको व्यवस्थापिका संसदमा झण्डै दुई तिहाई हो । उता प्रधानमन्त्री ओलीको पक्षमा ७ दलको २२२ मत देखिन्छ । तर, राप्रपा नेपाललाई पनि माओवादी कांग्रेसले सरकारमा ल्याउन फकाइरहेका छन् ।
अझै पनि एमालेको एक शर्त
प्रचण्ड आफ्नो साथ छोडेर कांग्रेससँग मिलेपछि रिसाएको एमालेले प्रचण्डलाई सर्वसम्मत प्रधानमन्त्री बन्न नदिने भएको छ । भोली हुने प्रधानमन्त्रीय चुनावमा प्रचण्ड एक्ला उम्मेदवार हुँदा पनि एमालेले उनलाई सर्वसम्मत हुन भने दिएन । आफ्नो उम्मेदवार नबनाएपनि संसदीय मतदानमा जानै पर्ने र त्यहाँ बहुमत सिद्ध गर्नु पर्ने अवस्थामा एमालेले पुर्याएको छ ।
संविधानको धारा २९८ को उपधारा ३ मा पनि व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ । त्यसै कारण सर्व सम्मत नभएको अवस्थामा प्रचण्डले संसदमा बहुमत देखाउनु पर्ने अवस्थामा एमालेले पुर्याएको छ ।
Comments[ 0 ]
Post a Comment