#
|
|

२४ साउन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निर्वाचित भएको ६ दिन पछि मन्त्रीपरिषद बिस्तार गरेका छन् ।
आज साँझ साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तबाट जयदेव जोशीलाई मन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरुले आजै साँझ शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मन्त्रीहरुलाई विभागीय जिम्मेवारी नतोकिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आजको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । संसदबाट साउन १९ गते प्रधानमन्त्री निर्वाचित प्रचण्डले २० गते पहिलो चरणमा काँग्रेस र आफ्नै पार्टी माओवादी केन्द्रका नेतालाई मन्त्री बनाएर मन्त्रीपरिषद बिस्तार गरेका थिए ।
Comments[ 0 ]
Post a Comment