चर्चित ज्योतिषी डा सुनिल सिटौलाको भविष्यावाणी : प्रचण्ड सरकार अल्पायुमै ढल्ने
Thursday, July 28, 2016
#
काठमाडौं,साउन १३ । ज्योतिष विज्ञान हो । ग्रह गोचरीय फलादेश ८० प्रतिशत भन्दा बढी पर्ने हुन्छ । वर्तमान नयाँ गठबन्धन बारे भविष्यवाणी गर्दै ज्योतिष डा सुनील सिटौलाले अब बन्ने भनिएको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेतृत्वको सरकार पनि अल्पआयुमै ढल्ने बताएका छन् ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै चर्चित युवा ज्योतिष डा। सिटौलाले अब बन्ने सरकारसँगै आउने ५ वटा सरकारहरु पनि बीच बाटोमै ढल्ने भविष्यवाणी गरेका हुन् । उनले बताए अनुसार प्रचण्डको सरकार पनी ओलीजस्तै बीचमै ढल्ने छ ।
प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन। विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो। अब बन्ने पनि ५ सरकार विच बाटोमै सकिने छ। अब बन्ने पनि ५ सरकार विच बाटोमै सकिने छ। त्यस पछी बन्ने सरकारले मात्र देस र जनताको भलो गर्नेछ। बरु जती सक्दो चाडोचाडो नयाँ सरकार बनाउदै जाउ। यदि अब बन्ने प्रधानमन्त्रीले भदौ ७ अघि नै सपथ लिएमा स्थायित्व हुन पनि सक्ने नत्र कालसर्प योगको छाँयामा पर्ने हुँदा उक्त सरकार पनि अस्थिर बन्ने र प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उल्लेख गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले यस्तो भविष्यवाणी गरेका हुन् ।
पञ्चकमा प्रधानमन्त्रीले सत्ता छाडे
उनले भनेको छन्, ‘प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन् । विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो । अब बन्ने पनि ५ सरकार बीच बाटोमै सकिने छ । त्यस पछि बन्ने सरकारले मात्र देश र जनताको भलो गर्नेछ। बरु जती सक्दो चाडोचाडो नयाँ सरकार बनाउदै जाउ।’ प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन।
विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो। अब बन्नेपनि ५ सरकार विच बाटोमै सकिने छ।2
ओलीबारे उनको भविष्यवाणी पर्यो
प्रधानमन्त्री केपी ओली सरकारको भविष्यवाणी गर्दै डा। सिटौलाले नौ महिना अघि केपी शर्मा ओली भर्खर प्रधानमन्त्री बन्दा ओलीले पुरै कार्यकाल काम गर्न नपाउने भविष्यवाणी गरेका थिए । जुन कुरा आज मिल्न गएको छ ।
९ महिनाअघि उनले आफ्नो ट्विटमा लेखेका थिए
— ‘गुरु चण्डाल योगले गर्दा नव प्रधानमन्त्री खडक प्रसाद ओलीले पुरा कार्यकाल भोग गर्न नपाउने हाम्रो विज्ञानले देखाउछ ।’
ओलीजीको संकटा दसाको साथ साथै नेपालको राजनितीमा साउनमा सरकार परिवर्तन हुने ,ग्रहले पनि काम गर्यो हेर्नुस्स्
नव वर्षको भविष्यवाणी
देशको भविष्यवाणी गर्दै नव वर्ष वैशाखमा उनले भनेका थिए, ‘आलीजीमा संकटा दशा चलिरहेको र अन्य प्रभावका कारण साउनमा सरकार परिवर्तन हुन सक्ने’ बताएका थिए । अहिले पनि गुरुचाण्डाल योगकै कारण प्रधानमन्त्रीले राजिनामा दिएको उनको दाबी छ ।
Comments[ 0 ]
Post a Comment