#
|
|

तपाइँलाई सुन्दा अचम्म लाग्ला उखान टुक्का भन्न खप्पिस वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भित्र कवित्व उत्कठ छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विसं २०४१ सालमा पोखरा जेलमा परेको समयमा लेखेको कविता सार्वजनिक गरेका छन् ।
उक्त कवितामा ओलीले जीवनलाई कति सहजरुपमा लिँदै उपमा गाँस्न सक्छन् भन्ने देखिन्छ । उनले लेखेका छन्ः
यही खर्पनमा हालेर हरदिन बेलुका
वितेको थोत्रो मैलो दिनलाई विदा गर्छु
म यही खर्पन थापेर हरदिन विहाानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
ओलीले खर्पन भनेर कुन कुरालाई विम्वित गर्न खोजेका हुन् भन्ने प्रष्ट छैन । तर उनले खर्पनलाई हतियार र जिन्दगीको बाटो सँग तुलना गरेका छन् । उनी कवितामा भन्छन्ः

यो खर्पन मेरो हतियार हो जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
बुधबार मात्र राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली’….. भन्ने बोलको गीत उच्चारण गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपाली समाजको सुन्दरता अनुसारको लयबद्ध विकास हुन नसक्नु दुर्भाग्य हो भन्दै ‘कहिलेकाँही अरुले सुई लगाइदिएर समाज भड्किने र मानिस उचालिने स्थिति’ रहेकामा चिन्ता प्रकट पनि गरेका थिए ।
‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ…’ बोलको राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’’ प्रधानमन्त्रीको सो मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित सहभागीले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए
Comments[ 0 ]
Post a Comment