#
|
|
नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारमा सहभागी सबै मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएको माओवादी स्रोतले जनाएको छ ।
मन्त्रीहरुले सामूहिक राजीनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको र प्रचण्डले प्रधानमन्त्रीलाई सरकार छोडेको औपचारिक जानकारी गराइसकेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
अहिले २ बजे माओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकार छोडेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम ल्याउनु अघि सत्ता हस्तान्तरण गर्ने विषयमा भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै माओवादीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
Comments[ 0 ]
Post a Comment