#
|
|

८ असार,काठमाडौं । माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्दे मन्त्रीहरुलाई राजिनामा दिन लगाउने निर्णय गरे लगतै एक एमाले नेताले कडा प्रतिक्रिया जनाएको छन्।
पुर्व मन्त्री तथा एमाले नेता शंकर पोखरेलेले माओवादीले आत्मघआती गोल हानेको प्रतिक्रया दिएका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै पोखरेले भनेका छन्-‘राष्ट्रवादी गठबन्धन विरुध्द म्याच फ़िक्सिंग गरेर माओवादी केन्द्रले आत्मघाती गोल नि हानेछ । उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ।’
माओवादी केन्द्रको सरकारको समर्थन फिर्ता लिने निर्णयप्रति एमाले पार्टीले भने प्रतिक्रिया जनाइ सकेको छैन्। प्रधानमन्त्री केपी ओलीबाट पनि कुरै जवाफ आएको छैन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिने बितिकै ओली सरकारले संसदमा बहुमत गुमाउनेछ।
Comments[ 0 ]
Post a Comment