#
|
|

आफुलाई विश्वकै उदयमान अर्थतन्त्र मान्ने भारतले उपहारको समेत पैसा मागेको छ।
भारतले दुई वर्ष अघि उपहार भनेर उपलब्ध गराएको एक सैन्य हेलिकप्टरको सवा अर्ब पैसा मागेको हो। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो हेलिकप्टर उपहार स्वरुप प्रदान गरेका थिए।
नेपाललाई हेलिकप्टर उपहार दिएको भन्दै सो समयमा मोदीले फोटो सहित ट्वीट समेत गरेका थिए।

फोटोको ब्याकग्राउण्डमा सो हेलिकप्टर देख्न सकिन्छ भने शुष्मा स्वराजलाई साथमै राखेर मोदीले तत्कालिन स्व. प्रधानमन्त्री सुशील कोइरालासंग हात मिलाएका छन्। भारतले नेपाललाई हेलिकप्टर उपहार दिएको भन्दै भारतीय मिडियाले सो समयमा समाचार समेत बनाएका थिए।
मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए।Helicopter 2
उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुर्इ पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्च समेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतको हवाला दिदैँ आजको नागरिक दैनिक पत्रिकाले खबर प्रकाशित गरेपछि नेपालमा त्यसलाई आश्चर्यको रुपमा रुपमा हेरिएको छ।
उपहारको समेत पैसा मागिन्छ भनेर सायदै अनुमान गरिएको थियो। नेपाल र भारतको सम्वन्धमा चिसोपन जारी रहेका बेला आएको यो भारतीय निर्णय अर्थपुर्ण भएकोमा भने शंका छैन् । के सोचेर भारतले उक्त रकम माग गरेको हो रहस्यमै रहेपनि नेपालले के कस्तो प्रतिक्रिया दिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
Comments[ 0 ]
Post a Comment