#
|
|
पछिल्लो समयमा फिल्म ईन्डष्ट्रि फस्टाउँदै गरीरहेको समयमा फिल्मका निर्माण पक्षले विभिन्न देशहरुमा छायाँकन गर्ने चलन पनि बढिरहेको छ । बिदेशमा छायाङकनका साथै फिल्ममा बिदेशी कलाकारहरुलाइ पनि प्राथमिकतामा राखिदै छन् । केहि समय अघि मात्र रीलीज भएको बुद्ध बर्न इन नेपाल र रीलेशन फिल्ममा पनि बिदेशी कलाकारहरुलाइ पनि प्रस्तुत गरीएकोथियो ।
त्यस्तै, यहि असारको ३१ गते बाट दर्शक सामु प्रदर्शनमा आउन लागेको फिल्म ‘नमस्ते नेपाल’मा पनि बिदेशी कलाकारहरुलाई प्राथमिकतामा राखीएको छ । ‘नमस्ते नेपाल’फिल्मलाई द्धारीका उदय प्रोडक्शनको ब्यानरमा प्रदिप कुमार उदय,मन्दिरा श्रेष्ठ र श्रीजु शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्मको नामै नमस्ते नेपाल रहेको हुनाले फिल्ममा नेपालीपनलाई बिशेष प्राथमीकतामा राखीएको बुझिन्छ । फिल्मको सुटिङ अमेरीका र नेपालका विभिन्न ठाउँहरुमा छायाङकन गरीएको छ । फिल्ममा सबिन श्रेष्ठ, श्याम श्रेष्ठ, गोपाल ढकालका साथै बिदेशी कलाकारहरु अना,एडि, जर्ज लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
नमस्ते नेपाल फिल्ममा दुई भिन्न देशका कलाकारहरुको कलाकारीतालाइ दर्शकहरुले नियाल्न पाउने भएका छन् । त्यसोत एक्शन अभिनेता सबिन श्रेष्ठको फ्यानहरुको बेग्लै क्रेज पनि रहेको देखिन्छ । त्यसैले असार ३१ बाट दर्शक सामु प्रस्तुत हुदै गरेको ‘नमस्ते नेपाल’मा विभिन्न १८ देशका कलाकारहरु पनि देख्न पाईने भएको छ । अहिले फिल्मका लीड नायिका अना काठमाडौं आईपुगेकी छिन् । फिल्मको रीलीज मिती नजिकीदै गर्दा नायिका अना ‘नमस्ते नेपाल’फिल्मको प्रोमोशनको लागी नेपाल आईपुगेकी हुन् । अहिले फिल्मका निर्देशक राजु शाह, निर्माता प्रदिप कुमार उदय र नायक सबिन सँगै नायिका आना ‘नमस्ते नेपाल’फिल्मको प्रचार प्रसारमा ब्यस्त छिन् ।
‘नमस्ते नेपाल’फिल्मलाई राजु शाहले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि निर्देशक शाह आफैले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तले द्धन्द निर्देशन गरेका छन् । त्यस्तै दिब्य सुबेदी,बसन्त सापकोटा लगाएतले फिल्ममा संगीत दिएका छन् । एक्शन अभिनेता सबिन श्रेष्ठको पछिल्लो समयमा फिल्म लक्ष्य र भाग सानी भाग पछिको फिल्म ‘नमस्ते नेपाल’ रहेको छ । फिल्ममा सबिन श्रेष्ठको लभस्टोरीका साथै पुर्ण एक्शन अवतारको गेटअपमा हेर्न पाईने भएको छ ।
Comments[ 0 ]
Post a Comment