#
|
|

२२ साउन, काठमाडौं ।
नेपाल विद्यार्थी संघमा भोलिदेखि ११ औं महाधिवेशन हुँदैछ । महाधिवेशनमा अध्यक्षका लागि महिला नेतृहरुको उम्मेदवारी नपर्ने देखिएको छ । तर, उपाध्यक्ष, कोषाध्यक्ष, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म महिला नेतृहरुले उम्मेदवारी दिंदैछन् ।
विभिन्न क्याम्पसमा राजनीति गरेर कांग्रेसको भावी महिला नेतृतहरुमा उदाउँदै गरेका मास्टर्स डिग्री सकाएका नेतृहरु पनि मैदानमा आएका छन्:
अन्जना अर्याल
शंकरदवेका स्ववियू कोषाध्यक्ष भइसकेकी अर्याल ११ औं महाधिवेशनमा यसपटक केन्द्रीय कोषाध्यक्षकी उम्मेदवार हुन् । नुवाकोट विदुरकी अर्याल एमबीएस र एलएलबी सकाएकी छिन् । नेविसंघ नेतामा परिचित नाम अन्जनालाई कांग्रेसको सशक्त महिना नेत्रृ बन्ने सम्भावना भएकी नेताको रुपमा लिइन्छ । नेविसंघका वर्तमान महिला नेतृहरुमा अन्जना सबैभन्दा अगाडि छिन् । नेविसंघ मात्रै नभएर सबै विद्यार्थी संगठनमा आर्थिक र प्रशासनिक पारदर्शिताको लागि आफूले कोषाध्यषमा उम्मेदवारी दिएको उनको भनाई छ ।
सचिता कुईंकेल
नेपाल ल क्याम्पसबाट एलएलएमको कन्टिच्युसनल लबाट गोल्ड मेडलिस्ट प्राप्त नुवाकोटकी सचिता आरडीमा पनि मास्टर्स टपर हुन् । ५७ सालबाट स्कूल इकाइबाट नेविसंघको सचिव भएकी कुईंकले २०६५ सालमा नेपाल ल क्याम्पसमा कोषाध्यक्षको उम्मेवदार भएकी दिइन् । कुईंकेलले ल क्याम्पसमा इकाइ सचिव र ल को अध्यक्ष भइसकेकी छिन् । शैक्षिक गुणस्तर सुधार र समग्र शैक्षिक मुद्दालाई आफूले प्राथकितामा राख्दै यसपटक सहमहामन्त्रीमा उम्मेदवारी दिंदै गरेको उनी बताउँछिन् ।
राजनीतिलाई डर्टी खेल मानिने गरेको भन्दै उनी पढेको मानिसले राजनीति गरे मात्र समाज सुध्रने बताउछिन् । साथै, व्यक्तिको होइन विचारको गुट हुन्छ भन्ने उनको मान्यता छ । पढेलेखेको मान्छे पनि राजनीतिमा सहभागी हुनुपर्छ भन्ने मान्यताको लागि आफू नेविसंघमा होमिएको उनी बताउछिन् ।
कृष्णकुमारी बस्नेत
काठमाठौंकी बस्नेत चावहिल क्याम्पसबाट पूर्व उपभापति भइसकेकी छिन् । बस्नेत नेविसंघकी पूर्व केन्द्रीय सदस्यसमेत हुन् । आरडीमा मास्टर्स गरेकी बस्नेतले एलएलबी पनि सकाएकी छिन् । यसपटक उनी महिला उपाध्यक्षमा उम्मेदवारी दिंदैछिन् ।

रेनुका काउचा
मगर विद्यार्थी संघको पूर्व अध्यक्ष भइसकेकी बाग्लुङकी काउचा यसपटक जनजातिबाट केन्द्रीय उपाध्यक्षमा लड्दैछिन् । चिचन्द्रको स्ववियु कोषाध्यक्ष भइसकेकी काउचा कांग्रेसको समानुपातिकतर्फ उम्मेदवारक पनि थिइन् । काउचाले पनि एमबीएस गरेकी छिन् । एलएलबी पनि सकाइसकेकी छिन् । विभिन्न जातजातिले मातृ भाषामा पढ्न अवसर पाए शिक्षा अझै प्रभावकारी हुने उनी बताउँछिन् । साथै, समग्र शिक्षा क्षेत्रको सुधार गर्न आवश्यक भएकोले पनि आफू नेविसंघमा अघि बढेको उनले बताइन् ।
अप्सरा अधिकारी
नवलपरासीका नेविसंघमा कोषाध्यक्ष भइसकेकी अप्सरा अधिकारी यसपटक प्रदेश ५ बाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछिन् । आरडीमा डिग्री सकाएकी अधिकारी नेपाल ल क्याम्पसमा एलएलबी पनि गर्दैछिन् । विद्यालय तहदेखि नै नेविसंघमा आवद्ध अधिकारी शैक्षिक गुणस्तरका लागि आफू लाग्ने बताउँछिन् । शैक्षिक योग्यता राम्रो रहेकी अधिकारीलाई कांग्रेसको भावी महिला नेतृको रुपमा लिने गरिन्छ ।
रुपा शर्मा
पद्यकन्या क्याम्पसमा दुईपटक स्ववियु सदस्य जितिसकेकी काठमाडौं साँखुकी शर्मा यसपटक उपत्यकाबाट केन्द्रीय सदस्यको लागि उम्मेदवार हुन् । शर्माै पिकेको बरिष्ठ इकाइ उपाध्यक्ष भइसकेकी छिन् । शर्मा पनि सोसिओलोजीमा डिग्री, एलएलबी सकाएकी छिन् ।
Comments[ 0 ]
Post a Comment