#
|
|

उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ध्वस्त पार्ने चेतावनी दिएको छ । शुक्रबार उत्तर कोरियाको नेशनल रिकन्सिलिएसन काउन्सिल (एनआरसी) को तर्फबाट यस्तो धम्की दिइएको हो ।
उत्तर कोरियाले अहिले सम्मकै माथिल्लो स्तरबाट यस्तो धम्की दिएको छ । एनआरसीले दिएको सो धम्कीमा दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ध्वस्त पार्नुका साथै राष्ट्रपति पार्कलार्इ भौतिक रूपले उन्मुलन गरिदिने चेतावनी समेत दिएको छ ।
गत बुधबार उत्तर कोरियाले पनडुब्बी ब्लास्टिक मिसाइल परिक्षण गरेको दुर्इ दिनपछि उत्तर कोरियाले कोरियाको केन्द्रीय समाचार एजेन्सीलार्इ हवाला दिदै एनके न्युजले समाचार लेखेको छ ।
उत्तर कोरियाले दक्षिण कोरियाकी राष्ट्रपतिलार्इ पागल महिलाको संज्ञा समेत दिएको छ । ‘शक्तिशाली उत्तरकोरियाली सेना त्यो समय पर्खिरहेको छ जब अन्तिम आदेशका लागि विस्फोट हुनेछ र दक्षिण कोरियाको राष्ट्रपति भवन र पागल महिला (राष्ट्रपति )को उन्मुलन हुनेछ ।’ डेमोक्रेटिक पिपुल्स रिपव्लिक अफ कोरियाको प्रवक्ताले यस्तो धम्की दिएका हुन् ।
उत्तर कोरियाले यस्तो धम्की दिएपछि दक्षिण कोरिया निकै तनावमा रहेको बताइएको छ । गत बुधवार मात्र उत्तर कोरियाले पनडुव्वी व्लास्टिक मिसाइल परिक्षण गरेपछि दक्षिण कोरियाली राष्ट्रपति पार्कले आकस्मिक बैठक बोलाएकी थिइन ।
Comments[ 0 ]
Post a Comment