नेपालको आकाश मात्रै होइन बिमानस्थल पनि उत्तिकै असुरक्षित रहेको पाइएको छ । नेपालको एउटा विमानस्थल विश्वकै १० खतरा बिमानस्थल मध्येमा परेको छ । त्यो हो सगरमाथा आधार शिविरमा रहेको तेन्जिङ–हिलारी बिमानस्थल ।
सन् २००८ अघि यसलाई लुक्ला बिमानस्थलको नामले चिनिन्थ्यो । समुन्द्र सतहबाट ९ हजार ३ सय ३४ फीट उचाइमा रहेको १ हजार ७ सय २९ फिट लामो रनवे भएको बिमानस्थल सोलुखुम्बु जिल्लामा रहेको छ । यहाँ सधैभरी बेजोड हावा चल्ने गर्छ जसले विमान अवतरण गर्न समस्या हुने गर्छ ।
जहाँ रनवे सकिन्छ त्यहिँबाट बस्ती सुरु हुन्छ । त्यसैले यसलाई खतरा बिमानस्थलको सूचीमा राखिएको छ । खतराको सूचीमा रहेका अरु बिमानस्थल यस्ता बिमानस्थल छन् कुनैको मूल सडकमा रनवे छन् भने कुनै समुन्द्र नजिकै छन् ।
यस्ता रनवेमा सामान्य त्रुटी भएपनि ठूलो दुर्घटना हुन सक्छ । टेकअफ र ल्याण्ड गर्दा विश्वभरका पाइलटले गरेको महशुसका आधारमा खतरा बिमानस्थलको सूची तयार गरिएको हो । (भिडियो होर्नुस)
Comments[ 0 ]
Post a Comment