#
|
|

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख तीन दलका शीर्ष नेताहरुसँग संयुक्त छलफल गर्दै छिन् ।
सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय आज सकिने भ
एकाले राष्ट्रपतिले सहमतीका लागि भएका प्रयासबारे जानकारी लिन नेताहरुलाई बोलाएको उनका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विहान ९ बजे शितल निवास बोलाइएको अधिकारीले बताए ।
सहमतिय सरकारको संभावना नभएमा भोली देखि बहुमतीय आधारमा सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रपति भण्डारीले गएको सोमबार संविधानको धारा २ सय ९८ अनुसार एक साताको समय दिई सहमतिय सरकार गठनको आव्हान गरेकी थिइन् । यो अवधिमा सहमतीय सरकार नबन्ने भएपछि धारा २ सय ९८ अनुसारै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आव्हान गर्ने तयारी छ।
Comments[ 0 ]
Post a Comment