सप्तरीको दशगजामा नेपालीले गरेको आन्दोलन बेठीक भन्दै राजेन्द्र महताले यस्तो भने (भिडियो अन्तरवार्तासहित)
Sunday, July 31, 2016
#
काठमाडौं,१६ साउन । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीको दशगजामा नेपालीले गरेको आन्दोलन अवस्तुवादी र बेठीक भएको अभिव्यक्ति दिएका छन् । शनिबार हिमालय टेलिभिजनसँगको अन्तर्वातामा महतोले बाँध बाँध्ने क्रममा उल्टो नेपाल सरकारको कमजोरी भएकै कारण सप्तरीको दशगजामा त्यस्तो समस्या आएको बताएका छन् ।
उनले ७ महिनासम्म नेपालमा भएको नाकाबन्दीलाई ठीक र सप्तरीमा नेपालीले गरेको आन्दोलनलाई बेठीक भनेका छन् । पत्रकारले दशगजामा भएको घटनाबारे जिज्ञासा राख्दा महतोले प्रश्नको उत्तर दिने समयभरि पूरै सप्तरीको दशगजामा नेपाली जनताले गरेको संघर्षलाई अनुचित र भारतले ठीक गरेको जिकिर गरेका छन् ।
‘भारतले तटबन्ध बनायो होला र सडक पनि बनायो होला । सडक बनाएपछि पानी त जम्मा भइहाल्छ ।’ महतोले भारतीय पक्षको बचाउन खोज्दै भनेका छन् – ‘डुब्यो त ठिकै छ नि, पानी पर्न छाडेपछि पानी निकास भइहाल्छ र बन्द भइहाल्छ ।
’ सप्तरीको दशगजामा भारतले तटबन्ध बनाउनु उचित भएकोमा महतोले घुमारो पारामा ठीक भएको बताएका छन् । ‘भारतले बाँध बाँध्यो अनि डुब्यो भन्ने गोर्खाली मानसिकता त्याग्नु पर्छ । यही मानसिकताले त डुुबाएको छ ।’ महताले भनेका छन्– ‘सडक बनाएपछि त पानी जमिहाल्छ नि ।’
सबैले बुझेको कुरो जसले नि आफ्नैको पक्षमा बोल्ने हो , उहाँ त भारतीय हो । नेपाली जनता र देश को माया अनि चिन्ता हुन लाई त शुद्द नेपाली र नेपाली रगत बगेको हुनपर्छ ।
सबैले बुझेको कुरो जसले नि आफ्नैको पक्षमा बोल्ने हो , उहाँ त भारतीय हो । नेपाली जनता र देश को माया अनि चिन्ता हुन लाई त शुद्द नेपाली र नेपाली रगत बगेको हुनपर्छ ।
ReplyDeleteराजेन्द्र महतो नेपाली मन्त्री भएर नेपाली जनता को पसिना खादै नेपाल लाई नै बिपक्ष बनाई भारत को लागी मुद्दा लड्दैछ ।
ReplyDelete