पहिराका कारण गुल्मी, मकवानपुर र पाल्पामा ९ को मृत्यु
Tuesday, July 26, 2016
#
लगातारको बर्षापछि खसेको पहिरोका कारण गुल्मी, मकवानपुर र पाल्पामा ९ जनाको मृत्यु भएको छ । पहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भएको छ ।
गुल्मीको हस्तिचौर गाविस १ मा भीम बहादुर दर्जीको घर पहिरोले बगाउदा ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मितको मृत्यु भएको छ । उद्धारकालागी पुगेका १ जना छिमेकी घाईते भएका छन् । गुल्मीकै बिसुखर्क ९ स्थित पदमपानीमा खसेको पहिरोले २ बालिबालिकाको मृत्यु भएको छ ।
स्थानीय गोपाल बहादुर राणाको घर पहिरोमा पुरिदाँ ९ बर्षिय छोरा सिजन र ६ बर्षिया छोरी सिमानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय शान्तिपुरले जनाएको छ । यस्तै, मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय बिकास रुम्बा, उनकी पत्नी पार्बती र ६ बर्षिय छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, पाल्पाको झुम्सामा बिहान आएको पहिरोमा परी एक किशोरीको ज्यान गएको छ । पहिरोले ७ घर पुरिएको प्रहरीले जनाएको छ । दोभान–५ पानीमिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा पढ्ने अस्मिता बिकको ज्यान गएको हो । घर भित्रै पुरिएको अवस्थामा अस्मिताको शव प्रहरीले निकालेको छ । पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको बाटो पनि अवरुद्ध भएको छ ।
यसैगरी, ओखलढुंगाको च्यानममा गाउँमाथिबाट पहिरो खस्दा सिंगो बस्ती नै जोखिममा परेको छ । लगातारको वर्षाका करण च्यानमका–८ आम्बोटेमा बस्ती माथिबाट पहिरो खस्दा १६ घर दलित परिवार रहेको बस्ती जोखिममा परेको हो ।
Comments[ 0 ]
Post a Comment