#
|
|
उत्तर कोरियामा त्यहाँका नेता किम जोङ उनलाई अवज्ञा गरेको भन्दै २ बरिष्ठ अधिकारीहरुलाई सार्वजनिकरुपमा फाँसी दिइएको छ ।
दक्षिण कोरियाली अखबारले जनाए अनुसार अगष्टको शुरुवातमै ती अधिकारीहरुलाई फाँसी दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियामा शासक किम जोङ उनसँग असहमत भएर बरिष्ठ अधिकारीहरु मारिने श्रृंखलाको पछिल्लो कडी मात्र भएको विश्लेषकहरुले बताएका छन् ।
किम जोङ उनले सन् २०११ मा सत्तामा आएपछि किम जोङ उनले आफूसँग असहमत हुने बरिष्ठ अधिकारी तथा आफन्तको हत्या गर्दै आएका छन् ।
पछिल्लो पटक मारिनेमा त्यहाँका कृषि मन्त्री जुङआङ इल्बो र शिक्षा मन्त्रालयका बरिष्ठ अधिकारी रहेका हवाङ मिन रहेको बताइएको छ ।
उत्तर कोरिया सम्बन्धि विषय हेर्ने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यस अघि गत वर्ष किम जोङ उनले आफ्नै अंकललाई पनि फाँसी दिएका थिए ।
Comments[ 0 ]
Post a Comment