#
|
|

पाकिस्तानको फाइटर विमान भारतीय सीमा तोडेर जम्मु छिरेको समाचार छ। भारत-पाकिस्तान सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बलको अनुसार पाकिस्तानको विमान सीमा पार गर्दै ४ मिनेटसम्म भारतीय आकाशमा रही पाकिस्तान फर्केको थियो।
निकै कम उचाईमा उडेको भनिएको विमान स्थानिय समय अनुसार करिब १:१० मा भारत घुसेको बताइन्छ। विमान आफ्नो वायुक्षेत्र छिरेपछि सीमा सुरक्षा बलमा हलचल देखिएको थियो।
भारतीय वायु सेनाले सीमा सुरक्षा बलसंग यसबारेमा विस्तृत विवरण मागेको छ। दिल्ली स्थित सीमा सुरक्षा बलको हेडक्वार्टर मा यसको रिपोर्ट भने पठाइएको बताइन्छ।
भारत र पाकिस्तानले अन्तराष्ट्रिय सीमा भन्दा ४-५ किलोमिटर दुरी राखी उडान भर्ने गर्थे। राडारको रिपोर्ट आएपछि मात्र यो घटना पुष्टी हुने भारतीय मिडियाले लेखेका छन्।
Comments[ 0 ]
Post a Comment