#
|
|

चिनियाँ पानी जहाज जापानी टापु नजिकै इस्ट चाइना सी मा रहेको विवादास्पद टापु नजिकै चीनले २ सय ३० वटा पानी जहाज पठाएपछि जापान र चीनबीच तनाव बढेको छ ।
चीनले लडाकु जेट र बम्बरहरु विवादित साउथ चाइना सीस्थित टापुमा पठाएपछि विवाद बढेको हो । बेइजिङले गत महिनादेखि उक्त क्षेत्रमा हवाई निगरानी बढाएको हो ।
अर्को छुट्टै घटनामा जापानले २ सय ३० वटा पानी जहाजको समुह जापानी नियन्त्रणको सामुन्द्रिक क्षेत्र नजिकै लगेको छ । २ सय ३० मध्ये ६ वटा तटरक्षक पानी जहाज रहेको र तीमध्ये तीनवटा सशस्त्र रहको देखिएको जापानले बताएको छ ।
जापानले विरोधमा चिनियाँ कूटनीतिज्ञहरुसँग स्पष्टीकरण लिएको छ । केही वर्षयता बेइजिङले उक्त सामुन्द्रिक क्षेत्रमा आफ्नो अधिकार बढाउँदै लगेको छ ।
पछिल्लो घटनामा चिनियाँ पानी जहाजहरु जापानी सेनक्याकु टापु नजिकैबाट चलाइएका थिए । जापानी नियन्त्रणमा रहेको उक्त क्षेत्र चीनले पनि आफ्नो हो भनी दावी गर्ने गरेको छ ।
चीनले २ सय ३९ वटा पानीजहाजको समुह सेनक्याकु क्षेत्र नजिक लगेपछि तनाव बढेको छ । जापानी विदेश मन्त्रालयका प्रवक्ताले पानी जहाजको झुण्ड पठाउएर चीनले यो क्षेत्रमा एकतर्फी तनाव बढाएको बताएका छन ।
दुइ देशलाई छुट्याउने इस्ट चाइना सी को सम्पदा उपयोग संयुक्त रुपमा गर्नेबारे करिब एक दशक यता दुई देशबीच छलफल भएको छैन । त्यसयता खासगरी निर्जन विवादास्पद सेनक्याकु टापुबारे तनाव बढिरहेको छ ।
Comments[ 0 ]
Post a Comment