#
|
|
भारतीय राजदुत रञ्जित रे र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली सरकार ढलेर नयाँ सरकार बनेको एक साता पनि नवित्दै भारतीय राजदुत र ओलीबीच एमाले मुख्यालयमा भेटवार्ता भएको हो ।
एमाले मुख्यालय धुम्बाइराइ पुगेका रञ्जित रेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको भावी भूमिकाबारे जिज्ञासा राखेको श्रोतले जनाएको छ ।
रञ्जित रेले ओलीसँग आगामी दिनमा सरकारप्रति एमालेको ब्यवहार के हुन्छ र संविधान कार्यन्वयनमा के गर्छ भन्ने प्रश्न राखेको बुझिएको छ । ओली सरकारलाई चीन निकट र भारत विरोधी मान्दै चर्चा हुने गरेको थियो । ओली सरकार गिराउन समेत भारतीय भूमिका रहेको चर्चा समेत भएको छ ।
सरकार ढाल्न भूमिका खेलेको भन्दै ओली भारतप्रति रुष्ठ रहेको बताइन्छ । प्रधानमन्त्रीबाट राजिनामा दिएपछि उनले भारतप्रति लक्षित गर्दै आक्रामक अभिब्यक्ति दिँदै आएका छन् ।
प्रचण्डले सार्वजनिकरुपमै किन भने यस्तो
चिनियाँ राजदुतले भेटेको २ दिनपछि भारतीय राजदुत ओलीलाई भेट्न पुगेका हुन् । ओलीलाई भेट्न चिनियाँ राजदुत वु चुन्ताइ ओली निवास बालकोट पुगेका थिए ।
आज बिहान बेलायती राजदूत महोदय र सॉझ चिनियॉ राजदूत महामहिम ऊ-चुन ताईसंग शिष्टाचार भेट भयो ।
नेपालमा पूर्वप्रधानमन्त्रीहरुलाई भेट्न जाँदा राजदुतहरुले परराष्ट्र मन्त्रालयमा जानकारी गराउने र अनुमति लिने संस्कार देखिँदैन । यस अघि प्रधानमन्त्री भएर सपथ नलिँदै विदेशी राजदुतले भेटेको भन्दै प्रचण्डको आलोचना भएको थियो ।
Comments[ 0 ]
Post a Comment