#
|
|

सत्ताबिना बाँच्नै नसक्ने नेताको विशेषण पाएका विजयकुमार गच्छदार र कमल थापालाई अब नेपालीले तत्काल मन्त्रीको रुपमा हेर्नु नपर्ने भएको छ।
माओवादीले ओली सरकार छोड्ने निर्णय गरेकै भोलिपल्ट बिहान आठ बजे विजयकुमार गच्छदारले प्रचण्डलाई भेटी, ‘आफूलाई पनि साथै लिएर हिँड्न’ अनुनयविनय गरेका थिए।
तर प्रचण्डले गच्छदारको अनुनयविनय सुनेनन्। गच्छदारले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीसंग चाहिँ सत्तामा नगए आफ्नो पार्टी फुट्ने सम्भावना भएको बताउँदै सरकार छोड्न अनुमति मागेका थिए र ओलीले अनुमति दिएपछि मात्र उनले सरकार छोडेका हुन्। तर, नयाँ गठबन्धनले गच्छदारलाई मन्त्रिमण्डमा सामेल गर्न चाहेन।
गच्छदारलाई कुनै हालतमा पनि मन्त्री नबनाउन गठबन्धनका नेताहरुमाथि दबाव पर्दै आएको थियो। बरु अब गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विभाजित हुने भएको छ। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।
Comments[ 0 ]
Post a Comment