#
|
|

ओली क्याबिनेटबाट गरिएको राजनीतिक पृष्ठभुमिका १४ राजदूत सिफारिसलाई पुष्पकमल सरकारले ठूलै लडाईँ जितेसरि फिर्ता लिएपछि नेपाली नम्बर प्लेटका बुलेटबाटै नेपाली बजारमा खाना पकाउने एलपी ग्यास भित्र्याउने अर्को स्वाबलम्बी कदम पनि फिर्ताको अन्तिम तयारी चल्दैछ।
बहाली भएको साता बितेको छैन, प्रधानमन्त्रीको च्याम्बरमा यहि कामका लागि लोकमानको सन्देश बोक्दै पालैपालो दुई भाइ दौडिरहेका छन्।
मन्त्री तोकिनुअघि नै उक्त मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्रीसंग एउटा फाइल नै तेर्स्याएर आपूर्ति सचिव श्रीधर सापकोटाले भने,’पहिला नगरौं भन्दाभन्दै जबरजस्ती गरे। अब त यो रोक्नै पर्छ!’ चीनसंग पारवहन सन्धि गरेबार भित्रभित्रै भारतीय पक्ष असन्तुष्ट रहेको र त्यसमाथि उताबाट आइरहेका बुलेटलाई रोकेर नेपाली नम्बर प्लेटका बुलेट खरिद गरी पठाइँदा समस्या झन् चर्किने भनी श्रीधरले प्रचण्डलाई तर्साएका छन्।
उनले त्यस्तो निर्णय कार्यान्वयन गरिए नेपाली बजारमा फेरी एलपी ग्यासको अभाव सिर्जना हुनसक्ने चेतावनी पनि दिएका छन्। स्मरणीय छ, नेपाली नम्बर प्लेटका बुलेटबाट ग्यास आयात गर्ने निर्णय पुष्पकमलकै पार्टीका आपूर्ति मन्त्री गणेशमान पुनको दबावमा भएको थियो। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
Comments[ 0 ]
Post a Comment