#
|
|
काठमाडौँ २३ साउन | उपराष्ट्रपति नन्दकिशोर पुनको छोरा दिपेश पुनले आइतबार सामाजिक संजाल फेसबुक मार्फत उनले भनेका छन माओबादी द्वन्दको समयमा आफुले सानै उमेर बन्दुक बोक्दा प्रचण्ड/किरण/बाबुराम/बादलहरुले बन्दुक नबोक नभनेको भन्दै उनी सानै उमेरमा केन्द्रिय सदस्य हुदा टिका टिप्पणी गर्ने नहुने बताए ।
आफु माओबादी केन्द्रको केन्द्रिय सदस्य भएकोमा रुष्ट हुनेहरुलाई गतिलो जवाफ दिएका छन । दिपेशले आफु सानै उमेरमा केन्द्रिय सदस्य भयो भन्ने आरोप लागेपछि उनले सामाजिक संजाल मार्फत कडा जबाफ दिएका हुन ।उनले भने ‘ सानै उमेरमा दिपेश पुन माओवादी केन्द्रीय सदस्य भयो भन्नेहरुलाई मेरो प्रश्न छ, मैले बन्दुक पनि त सानै उमेरमा बोकेको हो नि ? मैले १४ वर्षको उमेरमा बन्दुक बोक्दा तिमी सानै छौं अहिले बन्दुक बोक्ने बेला भएको छैन भनेर न मेरो बाले भने न त प्रचण्ड/किरण/बाबुराम/बादलहरु या अरु कोहीले भने ?’ पढ्नुहोस उनको स्टाटस जस्ताको तस्तै :
Comments[ 0 ]
Post a Comment