#
|
|

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान कार्यान्वयन गर्नको लागि आफ्नो नेतृत्वको सरकारले कार्ययोजना ल्याएपछि लोभ र पाप गरेर सरकार ढालेको बताएका छन् । उनले कांग्रेस र माओवादीले संविधान कार्यान्वयन नगर्नको लागि सरकार परिवर्तन गरेको बताएका हुन ।
अध्यक्ष अोलीले संविधान कार्यान्वयनको लागि भीषण आन्दोलनका लागि तयारी रहन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था छ यसको लागि सबै तयारी अवस्थामा बस्नुहोला ।’
उनले संविधान कार्यान्वयन गर्न नखोज्ने षडयन्त्रका विरुद्ध पार्टीका सबै सयन्त्र परिचालन गर्ने बताए ।
विना कारण सरकार परिवर्तन गराएर कांग्रेस र माओवादीले राजनीतिलाई कुबाटोमा लैजान खोजेको आरोप लगाउदै भने, ‘राजनीतिलाई सही बाटोमा ल्याउन एमालले दबाब दिन्छ ।’
Comments[ 0 ]
Post a Comment