#
|
|

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन अब सहजै संभव नभएको बताएका छन् ।
पार्टिको अगुवा कार्यकर्ता भेललाई संवोधन गर्न गृहजिल्ला आइपुगेका थापाले काग्रेस र माओवादीले सोचेजस्तो संविधान संशोधनको मुद्धा सहज नभएको बताए ।
हिजो संविधान निर्माण नगर्न दबाब दिएका शक्तिले नै पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्माण गरी दलहरुबीच राजनीतिक ध्रुवीकरण बढाएको दावी गरे ।
राप्रपा नेपाल मकवानपुरले आज हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेललाई संम्बोधन गर्दै अध्यक्ष थापाले देश विखण्ड गर्ने शक्ति अझै कृयाशील रहेको बताउँदै यसलाई विदेशी शक्तिहरुले सघाएको आरोप लगाए ।
संविधान निर्माण कार्य रोक्न खोजेको शक्तिकेन्द्रले नै कांग्रेस र नेकपा माओवादी केन्द्रलाई मतियार बनाएर संविधान कार्यान्वयन हुन नदीई संविधान तुहाईदिने षडयन्त्र गरिरहेको अध्यक्ष थापाको दावी छ ।
प्रमुख प्रतिपक्ष एमाले र राप्रपानेपाललाई चिढाएर सरकारले संविधान संसोधन प्रकृया अघि बढाउन नसक्ने अध्यक्ष थापाको भनाई थियो । अहिले राजनितिक दल बिच तिक्तता पैदा भएको भन्दै उनले मधेशवादी दललाई शरणमा लिएर निर्माण भएको सरकारलाई अब संबिधान संशोधनको मुद्धाले संकटमा पार्ने स्पष्ट पारे ।
सरकार परिवर्तन पछि मुलुक ठुलो संकटमा परेको अध्यक्ष थापाले बताए । मुलुकमा स्थाई शान्ति नहोस् भन्ने मुलुकको पछि लागेर बनेको सरकारले नेपाल र नेपालीका लागि केहि गर्न नसक्ने दाबी गरे ।
उनले मुलुकमा लम्बिदै गएको राजनितिक स्थिरताले नेपाल थप संकटमा परेको बताए । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपक बहादुर सिंह, मधु अधिकारी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए
Comments[ 0 ]
Post a Comment