#
|
|

२६ साउन, काठमाडौं । स्पेनिस प्रतिद्वन्द्वी सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको छ ।
अतिरिक्त समय सकिन एक मिनेट बाँकी छँदा ड्यानी काभाहालले गोल गरेपछि च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिग विजेता सेभिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियलले २१ औं मिनेटमा मार्कोको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफ सकिन केही मिनेट बाँकी छँदा सेभिल्लाले बराबरी गोल फर्कायो ।
७२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २-१ को अग्रता लियो । तर, निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा रामोसले गोल गरे र खेललाई अतिरिक्त समयमा धेकेले ।
लगतै सेभिल्ला १० खेलाडीमा सिमित भयो । अतिरिक्त समय सकिन एक मिनेट बाँकी छँदा काभाहालले गोल गरेपछि रियल मडि्रडले सिजनको पहिलो उपाधि उचालेको छ । रियल मड्रिडले २०१२ पछि ला लिगा जितेको छैन । र, यो सिजन २१ अगष्टमा रियल सोसिडाडसँग खेलेर सुरु गर्दैछ ।
Comments[ 0 ]
Post a Comment