#
|
|

संविधान कार्यान्वयन, संविधान संशोधन र स्थानीय निकायको पुर्नसंरचनाको बारेमा छलफलमा जुटनु पर्ने बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली दुई साताक लागि थाइल्याण्ड जाने भएका छन् । उनी विहिबार दिउसो थाइल्याण्ड प्रस्थान गर्दैछन् ।
सरकारको नेतृत्व गर्दा छिमेकी देश भारत र चीन बाहेक अन्य देश नगएका अध्यक्ष ओली दुई साता लामो समयको लागि थाइल्याण्ड जान लागेका हुन् । ओलीले थाइल्याण्डको बैंकमा नियमित स्वास्थ्य परीक्षण गराउने दुई साता विताउने छन् ।
ओलीको साथमा उनकी पत्नी राधिका साक्य, पूर्व सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य पनि थाइल्याण्ड जाँदैछन् ।
मृगौला प्रत्यारोपण गरेको ओली दुई बर्ष अघि गम्भीर बिरामी भएपछि नयाँदिल्ली र थाइल्याण्डमा उपचार गरेर स्वदेश फर्किएका थिए ।
सरकारको नेतृत्व गरेको नौ महिनाको अवधिमा स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड नगएका ओली सरकारबाट बाहिरिएपछि थाइल्याण्ड जान लागेका हुन् । संविधान कार्यान्वयनमा जुटनु पर्ने बेला ओली थाइल्याण्ड जाने भएपछि प्रमुख दलहरुबीच संवाद नहुने भएको छ ।
त्यसैगरी सत्तारुढ दल नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य परीक्षणको लागि सिंगापुर जादैछन् । देउवा पाँच दिन सिंगापुरमा विताउने छन् । खाना अपच हुने समस्या भएपछि देउवा नियमित रुपमा स्वास्थ्य परीक्षण गराउन जान लागेको उनको सचिवालयले बताएको छ ।
प्रमुख दलका शीर्ष नेताहरु धमाधम स्वास्थ्य परीक्षणको लागि विदेश जाने भएपछि राजनीतिक संवाद प्रभावित हुने भएको छ ।
देउवा ओली विदेश सयरः प्रचण्ड अलपत्र !
प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष ओली र सत्तारुढ दल कांग्रेसका सभापति स्वास्थ्य उपचारको लागि विदेश जाने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्यौलमा परेका छन् । सर्वदलीय बैठक मार्फत संविधान कार्यान्वयन, स्थानीय निकायको पुर्नसंरचना, संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा रहेका प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका हुन् ।
संविधान संशोधन विधेयक निर्माण गर्दको लागि पतिपक्ष दल एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्नुपर्ने हुन्छ । तर दुवै नेता स्वास्थ्य उपचारको लागि विदेश जाने भएपछि सरकारले अगाडि सार्ने योजना नै तिब्र गतिमा अगाडि नबढ्ने भएको छ । अबको दुई साता प्रमुख दलहरुबीच संवाद नहुने निश्चित भएको छ ।
Comments[ 0 ]
Post a Comment