#
|
|

काठमाडौं, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।
अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानुहुनेछ ।
Comments[ 0 ]
Post a Comment