#
|
|
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजदुत छनौटको प्रक्रियामा पुनर्विचार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रचण्ड प्रधानमन्त्री भए लगत्तै ओली सरकारको पालामा राजनीतिक बाँडफाटका आधारमा सिफारिस गरिएका राजदुतको सिफारिस उल्ट्याएका थिए । प्रचण्ड सरकारको निर्णय लगत्तै बाबुरामले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो सुझाव दिएका हुन् ।
बाबुरामले ट्वीटरमा भनेका छन्, “यौटापार्टीका राजदूत रोकेर अर्को पार्टीकादूत पठाउनु सट्टा छनोट प्रक्रिया नै बदल्ने कि?राजदूत पार्टीका दूत हैनन् राज्यका दूत हुन् भन्ने बुझौं!”।
यौटापार्टीका राजदूत रोकेर अर्को पार्टीकादूत पठाउनु सट्टा छनोट प्रक्रिया नै बदल्ने कि?राजदूत पार्टीका दूत हैनन् राज्यका दूत हुन् भन्ने बुझौं!
शुक्रबार मात्र प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदले अघिल्लो सरकारले गरेको राजदुत सिफारिसको निर्णय उल्ट्याएको छ । राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना प्रस्तावित राजदुतको नाम फिर्ता लिने निर्णय शुक्रबार विहान सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले गरेको हो ।
परराष्ट्र मन्त्रालयबाट आएका करिअर राजदुतहरुलाई आग्रिमो माग प्रक्रिया अघी बढाउने निर्णय सरकारले गरेको छ । राजनीतिक पृष्ठभूमिका ब्यक्तिहरुको सुनुवाइ हुन बाँकी रहेको समयमा सरकारले निर्णय नै उल्ट्याएको हो ।
गत वैशाख ७ गतेको मन्त्रिपरिषदको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो। तीमध्ये ८ जना परराष्ट्र सेवा र १४ जना राजनीतिक पुष्ठभूमिका थिए। राजनीतिक पृष्ठभूमि भएकाहरुको सिफारिस अव रद्ध भएको छ ।
Comments[ 0 ]
Post a Comment