#
|
|

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी भित्र छलफलै नगरी राजनीतिक भागवण्डामा सिफारिस राजदुतको नाम फिर्ता लिएको खुलासा भएको छ ।
पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ प्रकाशले ट्वीट गर्दै यस्तो खुलासा गरेका हुन् । उनले मन्त्रीपरिषदको आजको बैठकले राजदुतको नाम फिर्ता लिने निर्णय मिडियाबाट थाहा पाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
विवादमा पर्ने देखेर हुन सक्छ केही समय पछि नारायणकाजीले आफ्नो ट्वीट डिलिट गरेका छन् । तर उनको फेसबुकमा यो पोष्ट कायमै छ । यद्यपी उनको स्ट्याटसमा अक्षर काटिएर पोष्ट भएको देखिन्छ ।
आफ्नै सरकारको गठबन्धनमा रहेको केपी ओली नेतृत्वको सरकारले राजनीतिक भागवण्डाका आधारमा विभिन्न १४ देशका लागि सिफारिस गरेका राजदुतको नाम आज बसेको मन्त्रीपरिषद बैठकले फिर्ता लिएको थियो ।
संसदीय सुनुवाई विशेष समितिले आजे २ बजेदेखि सुनुवाई सुरु गर्ने तयारी गरिरहँदा सरकारले नाम फिर्ता लिएको हो । परराष्ट्र सेवाबाट प्रस्तावित ८ जनाको भने संसदीय सुनुवाई सकिएको छ ।
Comments[ 0 ]
Post a Comment