#
|
|

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान अधिकतम स्वीकार्य बनाउने बताएका छन् ।
२२ औं विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले संविधानलाई संशोधनमार्फत् अधिकतम् स्वीकार्य बनाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उनले आगामी वर्षदेखि विश्व आदिबासी जनजाति दिवस कार्यक्रम नेपाल सरकारले नै आयोजना गर्ने पनि बताए ।
‘नेपालले संयुक्त राष्ट्र संघमा हस्ताक्षर गरिसकेको छ, यो कार्यक्रम सरकारले नै आयोजना गर्नुपथ्र्यो । अर्को वर्षदेखि यो कार्यक्रम महासंघसँग समन्वय गरी सरकारले आयोजना गर्नेछ ।’ प्रधानमन्त्रीले भने, ‘संविधानमा सम्पूर्ण उत्पीडित जाति, जनजातिहरुको अपनत्व महशुस गरी कार्यान्वयन गर्नेछौं । त्यसका लागि सरकारले राष्ट्रिय सहमति कायम गर्ने प्रयत्न गरिरहेको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका आदिबासी जनजाति नेताहरुले सम्बोधन गरेका थिए ।
Comments[ 0 ]
Post a Comment