#
|
|

यति बेला ब्राजिलको रियो दि जेनरियोमा गृष्मकालीन ओलम्पिक जारी छ । खेलका विभिन्न चर्चा उपचर्चाकाबीच यतिबेला रियोमा भएको एक चुम्बनको चर्चा भने विश्वभरी भएको छ ।
रियो ओलम्पिक मैदानमा १ युवतीले अर्की युवतीलाई प्रेमविवाहको प्रस्ताव राखेर चुम्बन गरेको दृष्य यतिबेला संसारभरीका सञ्चार माध्यममा छाएका छन् ।
ब्राजिली खेलाडी इसाडोरा सेरुलोलाई उनकी पार्टनर मार्जोरी एन्याले प्रेमविवाहको प्रस्तावसहित गरेको चुम्बनले रियो ओलम्पिकमा सबैभन्दा बढि चर्चा पाएको हो ।
न्यूजिल्याण्ड र अष्ट्रेलियाबीचको रग्बी फुटवल लगत्तै एन्याले सेरुलोलाई विवाहको प्रस्ताव राखेपछि सबै मिडियाको ध्यान उनीहरुमा तानिएको थियो ।
एन्याले रियो ओलम्पिकमा स्वयं सेवक बनेर काम गरिरहेकी छिन् भने सेरुलो ब्राजिल ओलम्पिक स्क्वाडकी सदस्य हुन् ।
समलिङ्गी विवाह ब्राजिलमा कानून सम्वत माननिन्छ । तर ओलम्पिक मैदानमा कुनै समलिङ्गी महिलाले अर्की महिलालाई प्रेम विवाहको प्रस्ताव राखेको भने यो पहिलो घटना हो ।
अमेरिकामा डक्टर बन्दै गर्दा स्वेदश फर्किएकी सेरुलो ब्राजिलकी रग्बी खेलाडी हुन् ।
Comments[ 0 ]
Post a Comment