#
|
|
काठमाडौं, १७ साउन । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले संसदमा सार्वजनिक महत्वको विषयमा छलफल हुने निश्चित भईसकेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि छलफलमा भाग लिने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘सार्वजनिक महत्वको प्रस्ताव भएकोले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो यसले अरु धेरै बाटोहरु खोल्छ भन्नेमा म विश्वस्त छु ।’ अधिकारीले एक दुई वटा राम्रो काम गरेको बहानामा संसदलाई छल्ने काम गर्न नमिल्ने बताए। उनले अघि थपे,‘अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होईन नि ।
’ अधिकारीले संवैधानिक निकाय मर्या्दित भएर बस्नुपर्ने उल्लेख गर्दै भने,‘संसदले बोलाउँदा अनि संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, विरामी भएको बहानामा संसदलाई छल्ने काम गर्नुहुँदैन, संसदले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायित्व मान्ने त?।’ अधिकारीले आक्रोश पोख्दै भने,‘अख्तियार र यसका प्रमुख भागेका छन, यस्तो तरिकाबाट राज्य कसरी चल्छ?।
’ आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर काम गरिएको भन्ने प्रश्न आएकाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै भने,‘संसदलाई चित्त बुझेन र संविधानको बर्खिलाप भएको पुष्टि भयो भने छानविन समिति बनाएर अनुशन्धान गछौं र निर्णय लिन्छौं ।’ उनले प्रधानमन्त्रीको लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्लाई अघि सार्ने बताए ।
उनले भने,‘हाम्रो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वभाविक रुपमा उपनेता अघि सर्नुहुन्छ ।’ अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दापनि एजेण्डामा प्रमुख राजनीतिक दलहरुवीच सहमति आवश्यक रहेको दाबी गरे । उनले अघि थपे,‘संविधान कार्यान्वयन र तीन वटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नको लागि पनि राजनीतिक दलहरुवीच सहमति आवश्यक छ ।’
Comments[ 0 ]
Post a Comment