#
|
|

चीनले पाकिस्तानलाई परमाणु रियाक्टर दिएपछि भारतमा तिव्र प्रतिक्रिया देखिएको छ । आणविक हतियार अप्रसार सन्धीको वकालत गर्ने चीनले यसको गम्भिर उल्लङ्घन गरेको भारतको भनाइ छ ।
सन् २००४ मा आणविक आपुर्तीकर्ता समूहमा प्रवेश गेपछि चीनले पाकिस्तानलाई ६ आणविक भट्टी दिइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आर्म्स कन्ट्रोल एसिसिएसन नामक नियामक निकायले चीनले अन्तराष्ट्रिय सन्धी उल्लङ्घन गरेको आरोप लगाएको छ ।
चीनले सन् २००३ मा पाकिस्तानसँग गरेको सम्झौता अनुसार अहिले आणविक भट्टी उपलब्ध गराएको हो ।
चीनले आणविक आपुर्तीकर्ता समूहमा प्रवेश नगर्दै आणविक भट्टी बेच्न थालेको आरोप समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Comments[ 0 ]
Post a Comment