#
|
|

प्रधानमन्त्री प्रचण्डले उनका पूर्ववर्ती प्रधानमन्त्री ओलीको पालामा शुरु भएको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ भन्ने लोकप्रिय टेलिभिजन र रेडियो कार्यक्रमलाई निरन्तरता दिएपनि कार्यक्रमका प्रस्तोतालाई हटाएपछि उनको आलोचना भएको छ ।

लोकप्रिय कार्यक्रमका प्रस्तोता रवि लामेछानेलाई थाहै नदिइ कार्यक्रममा नयाँ प्रस्तोताकोरुपमा सभामुखका प्रेस संयोजक बबिन शर्मालाई ल्याइएपछि रवि लामिछानेले सार्वजनिकरुपमा नै प्रधानमन्त्रीलाई यो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिसकेका छन् ।

कतिपयको बुझाइमा प्रचण्डले आफू प्रधानमन्त्री भए लगत्तै कार्यक्रमको प्रस्तोता फेरेर माओवादीमा संक्रिणता छ भन्नेहरुलाई मसला पनि सँगसँगै प्रदान गरेका छन् ।
कसले दियो प्रचण्डलाई रविलाई हटाउने दवाव ?
प्रचण्ड निकट एक नेताका अनुसार प्रचण्ड र उनका स्वकीय सचिव रमेश मल्ल रवि लामेछानेलाई हटाउने पक्षमा थिएनन् । रमेशले त रविकै डिजाइनको कार्यक्रम भएका कारण उनलाई हटाउनै नहुने अडानमा थिए । तर प्रचण्डका प्रमुख सचिव जोखबहादुर महराले भने रमेशलाई ठाउँको ठाउँ हकार्दै आफ्नो मान्छे ल्याउनु पर्ने अडान राखेका थिए ।
त्यस्तै सभामुख ओनसरी घर्तीका पति समेत रहेका माओवादी सचिव वर्षमान पुनले पनि कार्यक्रमको प्रस्तोता फेर्नु पर्ने र बबिनलाई ल्याउनु पर्ने भन्दै दवाव दिएपछि प्रचण्ड र रमेश मल्ल यो कुरामा सहमतिमा आएको ती नेताले हेडलाइन्सलाई बताए ।
रवि लामेछानेका मात्र होइन प्रचण्डका अधिकाँश शुभचिन्तकहरुको पनि सुझाव छ कि- रवि लामिछानेले ओलीसँगका कार्यक्रममा कुनै भक्तिभावपूर्ण प्रस्तुति नगरेर निष्पक्ष कार्यक्रम चलाएको भन्ने छाप छोडेका कारण र माओवादीलाई सञ्चारकर्मी पनि माओवादी नै चाहिन्छ भन्नेहरुलाई मुख टाल्न पनि प्रधानमन्त्रीले रवि लामिछानेलाई निरन्तरता दिनु उचित हुन्थ्यो ।
रवि लामेछानेले आफ्नो कार्यक्रम अर्कैले चलाएपछि लेखेको फेसबुक स्ट्याटसः
नेपालका कुनै पनि नेता भन्दा बढी पाकपटुता भएका प्रचण्डका लागि प्रस्तोता को छ भन्ने कुराले खासै अर्थ राख्दैनथ्यो । किन भने उनले अहिले सम्म सञ्चार माध्यममा दिएका अन्तर्वार्तामा कुनै पनि प्रस्तोताले प्रचण्डलाई न्याक्न सकेको उदाहरण छैन । तर रवि लामिछानेलाई विस्थापित गर्दा प्रचण्ड अनावश्यक आलोचनामा परेका छन् ।
Comments[ 0 ]
Post a Comment