#
|
|

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकै भोलिपल्ट छोरा प्रकाश दाहाललाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । यसले उनी कम्युनिष्ट होइन, एक सामन्ती र बंश परम्पराका पक्षपाती हुन् भन्ने कुरालाई पुनपुष्र्टि गरेको छ । उनका छोरा प्रकाश दाहाल पटकपटक विवादमा परिसकेका र पार्टीले बहुविवाह गरेको आरोपमा कारबाही गरेका पात्र हुन् ।
तर प्रचण्डले प्रधानमन्त्री हुनासाथ उनले धृतराष्ट्रझैं बनेर स्वकीय सचिवमा नियुक्त गरेपछि मिडिया र सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा र स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालय चुस्तदुरुस्त हुने भनिएको छ । तर प्रथम ग्रासे मक्षिकापातम् भन्ने संस्कृतिको उक्तिलाई चरितार्थ गर्दै छोरालाई स्वकीय सचिवमा राखेर प्रचण्डले नातावादको सुरुवात गरेका छन् ।
Comments[ 0 ]
Post a Comment