#
|
|

काठमाडौं, साउन ३१ । जीवनका अमूल्य २४ महिना बिदेशी भूमिमा बिताएर घर फर्केका खोटाङ, बाहुनीडाँडा–कदुवाका डिकबहादुर भुजेललाई फेरि बिदेश जाने हतारोले छोपिसक्यो । आफुले खोजेजस्तो कामका लागि हरेक दिन पत्रिकाका पाना पल्टाएर वैदेशिक रोजगारीका विज्ञापनमा आखाँ डुलाउनु, त्यसबारेमा मेनपावरमा बुझ्नु र काठमाडौंको हिलो मैलोमा डुल्नु उनको एक हप्ताको नियति हो । ‘के गर्नु नेपालमा बस्नै नसकिने अवस्था छ, त्यही भएर फेरि बिदेश जाने तयारीमा छु,’ हरेकजसो नेपाली युवाको रेडिमेड उत्तरजस्तै उनको पनि मुखैमा उत्तर छ ।
गाउँमा एक्ली आमासँग जम्मा एकहप्ता बिताएर फेरि बिदेश जाने हतारोमा रहेका यी २४ वर्षे तन्नेरी बिदेश सपना नभई बाध्यता भएको बताउँछन । अब जम्मा थप ५ वर्षे बिदेश बँसाईको मार्गचित्र बनाएका भुजेलसँग त्यसपछि नेपालमै केही गर्ने सपना छ । आमालाई सुखसँग पाल्ने, ५ वर्ष बिदेश बसेर कमाएको पैसाले नेपाल फर्केर बिहे गर्ने र उनकै भाषामा बचेको केही पैसा ब्याकअप राखेर सानोतिनो केही बिजनेस गर्ने योजना छ । हुन त २ वर्ष दुबईमा लण्डन बिजनेस गु्रपको ‘लण्डन फिस एण्ड चिप्स’मा असिस्टेन्ट कुकको रुपमा काम गरेर बिदेशको रोजगारीको ज्ञान लिइसकेका यी युवासँग बिदेश गएर धेरै कमाई हुन्छ भन्ने भ्रम पनि छैन । ‘ त्यहाँ कमाएको बचत हुन्छ, यहाँ हुँदैन,’ उनी भन्छन ।
काठमाडौंमै होटल, रेष्टुराँतिर कुकको जागिर गरेपनि महिनाको २० हजार तलब पाउने यी युवाको पछिल्लो एकहप्ते राजधानी बँसाईले काठमाडौंमा जागिर गरेर बाँच्न त सकिने पैसा बचाउन भने नसकिने अनुभव दिलाएको छ । ‘काठमाडौंमा त कसरी बस्नु, एउटा कोठाको भाडा कम्तीमा पाँच हजार, एक किलो टमाटर १०० रुपैयाँ, एक किलो आलु ७० रुपैयाँ, तरकारीको कुरा नगरौं, बजारभाउ पसलैपिच्छे फरक–फरक रेट, ठग्न सक्नेले जति पनि ठग्ने, सरकार केही नगर्ने, हामीजस्ता मान्छे काठमाडौंमा जागीर गरेर पनि बाँच्न नसकिने भइसक्यो,’ भुजेलले भने ।
बिदेश जानुभन्दा अघि ४ वर्ष काठमाडौंमै बिताएका भुजेल गाउँमै केही उद्यम गरेर बस्ने सोच बनाए पनि पैसा नभएकाले फेरि बिदेश जानु नै एकमात्र विकल्प भएको बताउँछन । दुई वर्ष दुबईमा बसेर कति कमाए त उनले ? ‘के कमाउनु यताउता गर्दा सबै बराबर जस्तै भयो,’ उनी भन्छन–‘ पहिलो कुरा त काठमाडौंमा मेनपावरले भनेको सुविधा नै पाइएन त्यहाँ, न मेनपावरले भनेजस्तो ओभरटाइमको सुविधा पाइयो, न त मेनपावरले भनेजस्तै वर्षमा १० प्रतिशत तलब नै वृद्धि भयो, त्यसैले बिदामा आउँदा क्यान्सिल नै हानेर आए,’ उनले भने । काम सजिलै भएपनि महिनामा जम्मा १ हजार दिराम तलब पाउँथे भुजेलले दुबईमा ।
“-राज्यले केही गर्दिने भन्दा पनि आफु नेपालमा कसैबाट नठगिइकन बिदेश जान पाए र बिदेशमा यताको मेनपावरले भनेजस्तै काम, पैसा र सुविधामात्र पाए बेस ।
– एउटा कोठाको भाडा कम्तीमा पाँच हजार, एक किलो टमाटर १०० रुपैयाँ, एक किलो आलु ७० रुपैयाँ तिरेर काठमाडौंमा जागिर गरेर कसरी बाँच्नु ?
–नेपालमा जताततै ठगहरुकै जगजगी छ । बरु खाडीमा अरु देशका भभएपनि मान्छेमा नियम कानून मान्ने र इमान्दारिता पनि छ ।
–‘के गर्नु नेपालमा बस्नै नसकिने अवस्था छ, त्यही भएर फेरि बिदेश जाने तयारीमा छु,’ “Capture
फाष्टफुडमै काम भएपनि ‘ड्युटी मिल’ मात्र कम्पनीले दिने र त्यही १ हजारमा खाना खानुपर्ने, घरमा फोन, अन्य खर्च गर्दा उनले दुबईमा धेरै पैसा बचाउन सकेनन । ‘दुई वर्षमा बिदेशबाट फर्किदा जाँदा लागेको पैसाको ऋण तिरियो, अब बाँकी पैसाले फेरि बिदेश जाने तयारीमा छु,’उनले भने । पहिलोपटक दुबई जाँदा फ्रेन्डली नेपाल मेनपावरलाई ९५ हजार रुपैयाँ तिरेर बिदेश जाादा पनि मेनपावजरले भनेजस्तो सुविधा र तलब नपाएका भुजेल यसपटक भने राम्ररी बुझेर मात्र बिदेश जाने तयारीमा छन् ।
पछिल्लो समय ‘फ्रि भिसा, फ्रि टिकट’ को बारेमा सुनेका उनी पाएसम्म ‘फ्रि भिसा, फ्रि टिकट’ मै बिदेश जाने बताउँछन् । ‘फ्रि भिसा, फ्रि टिकट’माबिदेश जान पाइएला त भन्ने प्रश्नमा उनी पाए ‘फ्रि भिसा, फ्रि टिकट’ मै जाने नपाए ३५–४० हजारसम्म तिरेर भएपनि बिदेश जाने सोचमा छन् । ‘आफ्नै देशमा बस्ने रहर त कसलाई हुँदैन र ? तर, देशमा बस्ने कुनै आधारै भेटिएन’ भन्ने जिरेल जस्ता हजारौं युवा दैनिक देश छाडेर मलेसिया र खाडीतिर उडिरहेका छन् ।
अबको केही दिनमा जिरेल पनि त्रिभुवन बिमानस्थलको यात्रु प्रस्थानको बायाँ प्रवेशद्धारमा आफ्नो पासपोर्ट हातमा लिएर बिदेश जाने लाइनमा हुनेछन । जुन लाइन केही वर्षयता बढने क्रममै छ । कति दिन जिरेलजस्ता युवा केही हजार रुपैयाँ कमाउन बिदेश गइरहनुपर्ने हो त्यसको जवाफ पनि राज्यसँग छैन । जिरेल भने राज्यले केही गर्दिने भन्दा पनि आफु नेपालमा कसैबाट नठगिइकन बिदेश जान पाए र बिदेशमा यताको मेनपावरले भनेजस्तै काम, पैसा र सुविधामात्र पाए अरु नचाहिने बताउँछन । केही वर्ष बिदेश बसेर केही आधार बनाएपछि उनी घर फर्किने सोचाइमा छन् ।
यसपटक उनले सोचेजस्तै सबै भइदियोस र अर्कोपटक नेपाल फर्केपछि उनलाई हप्तादिनमै बिदेशिने हतारो नहोस् । नेपालमै केही गर्ने उनको सपना पूरा होस । आमालाई सुखसँग पाल्ने, ५ वर्ष बिदेश बसेर कमाएको पैसाले नेपाल फर्केर बिहे गर्ने र उनकै भाषामा बचेको केही पैसा ब्याकअप राखेर सानोतिनो केही बिजनेस गर्ने उनको योजना यसपटक पूरा होस ।
Comments[ 0 ]
Post a Comment