#
|
|
भारतमा एक महिलाले आफ्नो मृत पतिको शुक्रकिट पाउनुपर्ने माग गरेकी छिन् । पोष्टमार्टमका बेला शुक्रकिट पाउनुपर्ने माग गर्दै ति महिला अस्पताल पुगेपछि डाक्टरहरुको टाउको दुखाइको विषय बनेको छ ।
भारतको सबैभन्दा ठूलो सरकारी अस्पताल एम्सका डाक्टर समक्ष उनले पाष्टमार्टमका बेला आफ्नो पतिको शुक्रकिट निकाल्न आग्रह गरेपछि डाक्टरहरुलाई तनाव भएको हो ।
एम्स अस्पतालका फोरेन्सिक मेडिसिन प्रमुख डाक्टर सुधिर गुप्ताले ति महिला पतिको मृत्यु पछि पनि उनको बच्चको आमा बन्न चाहेको बताए । ‘तर हामीले यो कुरा मान्न सकेनौं डाक्टर गुप्ताले भने, ‘किनकी बच्चाको कानुनी अधिकार, बाबुको अनुमति र आमाको जिम्मेबारीसँग जोडिएका थुप्रै विषय छन् । आमाले भोली बच्चा राख्न नचाहेको अवस्थामा अर्काे समस्या निम्तन सक्छ ।’
मृत्युपछि पनि पुरुषको अण्डकोषमा शुक्रकिट केही समय जिवित रहन्छ तर त्यसलाई निकाल्नका लागि भारतमा तत्काल कुनै नीति वा कानुन बनिसकेको छैन । आइभीएफ र सरोगेसी सम्बन्धी नीतिमा शुक्रकिट दान गर्न सक्ने प्रावधान राखिएको छ ।
यसअनुसार एक पुरुषले होसहवासमा आफ्नो शुक्रकिट दान गर्न चाहेमा उसको मृत्यु पछि पनि निकाल्न सकिने प्रावधान छ । डाक्टर गुप्ताले यस्ता घटना पहिलो नभएको भन्दै यसअघि पनि पटक पटक यस्ता घटना आउने गरेको सुनाए ।
‘जब नवविवाति दम्पतिको सन्तानै नभई अचानक दुर्घटनामा पतिको मृत्यु हुन्छ तब पोष्टमार्टमका बेला यस्तो निवेदन आउने गर्छ ।’ डाक्टर गुप्ताले भने । उनका अनुसार यसरी जन्मने बच्चको समाजले दिने वैद्यताको मुद्दाका बारेमा पनि गम्भीर भएर सोच्नु जरुरी छ ।
Comments[ 0 ]
Post a Comment