#
|
|
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने दावी गरेका छन् । सरकार ढल्ने चर्चा खारेज गर्दै ओलीले सरकार नढल्ने बरु विस्तार हुने दावी गरेका हुन् ।
बुधबार राजधानीमा भूमीसुधार तथा ब्यवस्था मन्त्रालयद्वारा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाका पछि नलाग्न आग्रह मात्र गरेनन् बरु छिट्टै विस्तार हुने उद्घोष गरे ।
उनले कुन पार्टी सरकारमा आउने वा अन्य कुन तरिकाले सरकार विस्तार हुने भन्ने विषयमा भने केही खुलाएका छैनन् ।
प्रधानमन्त्री ओलीले भूमी ब्यवस्थापन र जिविका ब्यवस्थापन एकैपटक हुनु पर्नेमा जोड दिए । दुई वर्षभित्र देशलाई सुकुम्बासीविहीन बनाउने र तीनवर्षभित्र हलियाप्रथा उन्मुलन गर्ने उद्घोष पनि प्रधानमन्त्रीले गरेका छन् ।
नौ बुँदे सहमति एमालेले कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा परेका छन् । ओलीले सरकार ढले कांग्रेसलाई समर्थन दिने तयारी गरेपछि प्रचण्डलाई संकट परेको हो ।
Comments[ 0 ]
Post a Comment