#
|
|

सायद मेरो यो सत्य लेख दुतावासको आँखामा पर्यो भने उनीहरुको नजरमा म आँखाको कसिंगर बन्छु होला तर नेपाली उखान छ नि ‘बिग्रेको मान्छेको भत्केको घर, भत्के पछि के को डर’ यो कलियुगमा सत्यताको बाटो निकै दुःखदाई छ । तर ढिलै भएनी सत्यको जित अवस्य हुनेमा म बिस्वस्त छु । मैले सानो छँदा स्कुलमा पढेको पनि यहि हो ।
मलेसिायमा नेपाली कामदार किन अबैधानिक हुन्छ ?
जोसुकैले जे भनोस अबैधानिक बन्नुको मुख्य कारण हाम्रा नेपाली दुतावास नै हो । दुतावासको सिफारिस बिना कुनै पनि देशको कम्पनीले बिदेशी नागरिक ल्याउन सक्दैन । सत्य तथ्य नाबुझी, कम्पनी नै नहेरी ,कस्तो काम छ ? गारो छ कि सजिलो छ ? सेवा सुबिधा कस्तो छ ? बिमा को के कस्तो प्रकृया छ ? केही पनि नबुझी अन्धा धुन्ध टेवलमुनीबाट मोटो रकमको लिएर यस्ता समस्याहरु आईरहेको छ ।
विदेशीलाई नेपाली नागरिक ल्याउन सिफारिस दिन्छ । जब हामी नेपालीले बिदेशमा कम्पनीको पहिलो तलब समाउँ छौं । तब नेपाली युवा आकाशबाट धर्तीमा खसेको महसुस गर्छ । ल्याउँदा भन्या अनुसारको सेवा सुबिधा ,पारिश्रमिक केहि पनि पाउँदैन । झन् काम पनि नेपालीलाई भने पछि जहा गाह्रो, साह्रो र खतरा छ त्यहि नै लगाउँछन् ।
अबैधानिक बिना मलेशियाको अर्थ तन्त्रमा घाटा हुन्छ । प्रत्यक्ष नभई अप्रत्यक्ष यहाँको सरकारको पोलिसी हो ।
नेपालमा बढ्दो महंगी, साहुको सय कडा ३-४ प्रतिशतको ब्याज, अनि मलेसियाको महंगी र मुस्किलले १० हजार रुपैयाँ कमाइ ,रहरले होइन कहरले मात्र अबैधानिक बनिन्छ । म कुट्छु त रुहे जस्तो गर भन्ने उखान मलेसियाको सरकारी सिद्वान्त हो । अबैधानिक बिना यहाँको अर्थ तन्त्रमा घाटा हुन्छ । प्रत्यक्ष नभई अप्रत्यक्ष यहाँको सरकारको पोलिसी हो ।
झन्डै दुई लाख नेपाली अबैधानिक रहेको यस देशमा अबैधानिक नेपालीले मात्र झन्डै १५ प्रतिशत अर्थतन्त्र जोगाएको छ । १२ महिनामा अबैधानिक नेपालीले बर्षमा ६ महिनाको मात्र तलब बुज्ने गरेका छन् । तलब बुझ्ने बेलामा कति कम्पनीले अबैधानिक श्रमिकलाई तलब नै नदि लखेटने गरेका छन् ।
अनि मजबुरीका कारण अबैधानिक श्रमिक अर्को कम्पनीको खोजीमा जानु पर्छ । यदि कम्पनी मन परेन भने फेरी कम्तिमा १५ दिन पारिश्रमिक छोड्नु पर्ने हुन्छ । समग्रमा भन्नु पर्दा नेपाली कामदार अबैधानिक बन्नुमा प्रमुख हात दुतावासकै छ ।
दुवै हातमा लड्डु पाएका छन् पररास्ट्र र दुतावासलाई
यात्रा अनुमति पत्रको वितरण बाट नेपाली श्रमिकको रगत पसिना कसरि पिउँदै छ दुतावासले भन्ने कुरा पनि बुझन जरुरी छ । दैनिक दुई सय सय देखी दुई सय ५० सम्म अबैधानिकलाई एक सय ६० रिंगेट असुली गरी यात्रा अनुमति पत्र दिँदै आएको छ । सुरु सुरुमा तीन महिनाको म्याद राखी दिएको यात्रा अनुमति पत्र हाल ६ महिनाको म्याद राखीँदै आएको छ ।
यो अबधिमा फोन सम्पर्क गरी राख्नु दुतावासले नै भन्ने गर्छ । उदाहरणमा मेरो आफ्नै भोगाई समेट्दै छु, जब डकुमेन्ट बनाएको ३ महिना लाग्यो अनि मैले ३ दिन सम्म फोन गर्दा–गर्दा फुल ब्याट्री खाली भयो तर दुतावासले फोन उठाएन । अनि लगातार ५० रिंगेट खर्च गरी डराई डराई दुतावास आफै धाइयो । दुतावासले भोलि वादको शंख फुकिदियो । जब मान्छेको जीवनमा भोलिवाद पैदा हुन्छ अनि के हालत हुन्छ भन्ने कुरा त सबैमा चेतना भएको कुरा हो ।
उता नेपालमा मेरी आमा भरतपुर हस्पिटलमा जीवन मरणको दोसाँधमा हुनुहुन्थ्यो । घरबाट भरतपुर हस्पिटलमा आमा को ठुलो अप्रेसन भाको डाक्टरी चिठ्ठी र गाबिसको ओरजिनल सिफारिस दुतावासमा देखाए । मेरी बृद्द आमा, त्यसमा पनि म घरको जेठो छोरा भएको जानकारी गराए । जवाफमा दुतावासले भन्यो ,हामीले तिमीहरुलाई अबैधानिक हुनु भनेको थियौ र ?
कि आफै अपाङ्ग हुनु पर्यो कि त आफै सिकिस्त बिमारी भएको यहाँको डाक्टरी सिफारिस हुनु पर्यो । नेपाल छिटो जानलाई होइन भनि पालो कुर्नु को बिकल्प छैन । मैले पुनः अनुरोध गरे यदि मेरो कुरामा बिस्वास लागेन भने भरतपुर अस्पतालमा फोन गरी सोध्नोहोस् । प्रति उत्तरमा दुतावासले भन्यो हामीले कसैको घर परिवारको ठेक्का लिएका छैनौ । अनि म थोरै आक्रोसित भए ,दुतावासको कर्मचारीले मलाइ धम्कायो ।
दुतावासलाई यति अनुरोध गर्दा राजनीति भयो कि के भयो ? यदि झुटको खेति गरी राजनीति गर्ने नै भाको भए १० हजार कमाउन के म मलेसिया आउनु पर्ने थियो होला ।
राजनीति गर्ने होइन यहाँ दादागिरि पनि गर्ने होइन, यहाँको सबै भन्दा ठुलो दादा म हुँ । यदि मैले चाहेभने तिमीहरुलाई पुलिस लगाई धपाई दिन्छु बुझेउ । अनि बिवस भएर चुप लागे । आफ्नै दुतावासले यस्तो भने पछि म लगाएत धेरै अबैधानिक नेपालीको मनमा निरास हुनु बाहेक अरु बिकल्प भएन । त्यो दिन पुनः म निरास हुँदै कोठामा आए । अब तपाइहरु नै भन्नोहाेस् दुतावासलाई मैले यति अनुरोध गर्दा राजनीति भयो कि के भयो ? यदि झुटको खेति गरी राजनीति गर्ने नै भाको भए १० हजार कमाउन के म मलेसिया आउनु पर्ने थियो होला ।
अप्रिल ३ तारिक पुनः म दुतावास धाए । म लगाएत एक सय ८९ जना साथीलाई यहाँको इमिग्रेसन लगियो रातको १० बजे मेरो पालो आयो र बिना कारण मलार्इ रिजेक्ट गरिदियो । मलाइ नै थाहा भएन किन मलाइ रिजेक्ट गरियो । मैले त्यहाँ पनि प्रश्न गरे, म के कारणले रिजेक्ट हुँदैछु ? यदि म अपराधिक हुँ भनि जेल लैजा तेरो कानुन अनुसार सजाय दे ,हैन भनि कुन कारण मलाइ नेपाल जाने अनुमति दिँदैनस ?
दुतावासकै कर्मचारीले गाडी भाडा भन्दै प्रति व्यक्ति २५ रिंगेट उठाउन थाल्यो । दुइवटा बस थियो जबकी प्रति व्यक्ति ५ रिंगेट उठाएको भएपनि दुइवटा बसको लागी भाडा काफी थियो तर किन २० रिंगेट बढी भाडा उठायो ? हामी जस्ता अबैधानिक नेपाली युवाको आफ्नै दुतावासले रगत निचोर्यो । तपाइँहरु आफै हिसाब गर्नोस एक सय ८९ जना नेपालीसँग २० रिंगेट लियो अब यो पैसा कहाँ जान्छ त ?
हो म अबैधानिक हुनु त्यो मेरो गल्ति थियो तर तिमीहरुको नियम पुरा गरी आफ्नो दुतावासको मातहतमा नेपाल जाँदै छु भने किन मलाइ रोकेको । यति भन्नेपछि यु क्यान गो मात्र भने ,तर दुःख लाग्दो कुरा त्यो अवस्थामा दुतावासको कर्मचारी मेरै छेउमा उभिएर चिसो खाँदै थियो तर मेरो लागी कुनै शब्द बोल्दिएन । मलार्इ बिस्वास छ यदि दुतावासको कर्मचारी ले चाहेको म रिजेक्ट हुने थिएन ।
राति पौने ११ बजे हामि फर्कने सुरसार भो । दुतावासकै कर्मचारीले गाडी भाडा भन्दै प्रति व्यक्ति २५ रिंगेट उठाउन थाल्यो । दुइवटा बस थियो जबकी प्रति व्यक्ति ५ रिंगेट उठाएको भएपनि दुइवटा बसको लागी भाडा काफी थियो तर किन २० रिंगेट बढी भाडा उठायो ? हामी जस्ता अबैधानिक नेपाली युवाको आफ्नै दुतावासले रगत निचोर्यो । तपाइँहरु आफै हिसाब गर्नोस एक सय ८९ जना नेपालीसँग २० रिंगेट लियो अब यो पैसा कहाँ जान्छ त ?
राति साढे ११ बजेतिर हामीलाई दुतावासको अगाडीले ओराली दियो । इमिग्रेसनमा पास हुने साथीहरु त एकै छिनमा कता गए कता हामी ४०-५० जना रिजेक्ट भएकाहरु निरास भएका थियौ । अन्धकार रातमा अलमल्लमा परियो आफ्नै दुतावासले असहयोग गर्दा समस्यामा परेका थियौ । एकै छिनमा दुतावासको कर्मचारीसंग कुरागर्ने अवसर मिल्यो अनि मैले प्रश्न गरे अब हामी कता जाउँ त सर ? अब नेपाल कसरी जाने ? प्रति उत्तरमा कि त सेटिंग कि त पुलिसमा समातिएर जाने ।
दिउँसो साढे दुई बजे बल्ल दुतावासको कर्मचारीसंग कुरा गर्ने अवसर जुर्यो ,राजदुत ज्यु लाई त भेट्नु भनेको त सपना नै रहेछ । हामी जस्ता जनताको किन दुःख हेर्न चाहनु हुन्थ्यो ।
यति भनेर कर्मचारी आफ्नो गन्तब्य तर्फ लाग्यो । हामीलाई मध्ये राति अलपत्र पारेर (दुतावासले देखावटी रुपमा नोटिस टागेको छ सेटिंग बाट नजानु भोलि पैसा पनि फस्छ अनि जेल पनि बस्नु पर्छ) । मध्ये राति कोठामा जान पनि टाढा होटेलमा जान राजधानीको ब्यस्त सहरमा एक त पुलिस, अर्को कालेहरुको डर, यताउता बस्ने होटल लज कुनै थिएन । भएको भएपनि कत्ति साथिहरुसंग पैसाको अपुग थियो । त्यो रात रातभरी दुतावासकै अगाडी बितायौ ।
भोलिपल्ट बिहान सबै साथी लाखा पाखा हुदै गए । तर म दुतावासमै बसी राखे म चाहन्थे राजदुत संग भेटेर बिकल्प खोजि फर्कने । दिउँसो साढे दुई बजे बल्ल दुतावासको कर्मचारीसंग कुरा गर्ने अवसर जुर्यो ,राजदुत ज्यु लाई त भेट्नु भनेको त सपना नै रहेछ । हामी जस्ता जनताको किन दुःख हेर्न चाहनु हुन्थ्यो । मैले हिजोका सबै कुराहरु एउटा महिला कर्मचारीलाई सुनाए । प्रतिउत्तरमा भाई तिमि २१ तारिक आउनु हामि एउटा चिठ्ठी लेखिदिन्छौ अनि फेरी इमिग्रेसन जानु अनि हुन्छ । यति भनेर मलार्इ बिदा दीन अनि म कोठामा थोरै आशा लिएर फर्के ।
२१ तारिक सोमबार थियो जबकी मंगलबार बिहिबार मात्र हप्ताको दुई चोटी दुतावासले इमिग्रेसन लैजाने नियम हुनाले म २२ तारिक पुरा ६ पटक दुतावास धाए । दिउसो दुई बजेसम्म इमिग्रेसन लगिसक्थ्यो । तर म तीन बजेसम्म प्रतीक्षा गरे मलार्इ वास्तै गरेन अनि मैले चक्र सुबेदी सरलाई आफ्नो वृतान्त पुन सुनाए, फेरी उही पुरानो सान्तोना मात्र पाए । हामी तिमीहरुकै लागी बसेका हौं चिन्ता नगर ।
२१ तारिकमा चिट्ठी लेखेर दिने कुरै गरेन २२ तारिक जाँदा पनि आज मान्छे धेरै छ भन्दै फर्काइयो र २४ तारिक आउन भन्यो । एक आज्ञाकारी बालकले झैँ हस भन्दै पुन म आफ्नै दुःखको कटेरो तिर फर्के जब २४ तारिक पुन म दुतावास गए त्यहा त ताल्चा झुण्डाएको देखे । कुरा बुज्दै जाँदा नेपालमा लोकतन्त्र दिवस रहेछ । एक छिन् त म अक्क न बक्क मा परे । त्यो दिन मलार्इ लोकतन्त्र दिवस र राजतन्त्र हुँदै राणा तन्त्रमा मतभेद देखिन । सम्झे सायद लोकतन्त्र भनेकै हामीजस्ता युवा जमातले अर्काको देशमा यो अवस्थामा ज्युनु रहेछ ।
मन अत्तालियो, के गरौ । कसो गरौ ? कता जाँउ ? भयो त्यतिखेर मलाइ । चितवनमा जन्मेर हुर्केको १३, १४ कक्षा पढेको म भित्र त यतिका पिडा उब्जियो भनि झन् अक्षर् नै नचिनेका गाउँका सोझा साझा ४५, ४८ बर्षको अन्य दाजुहरुको मनमा कस्तो भो होला ? एउटा दाजुले त भन्दै हुनुहुन्थ्यो भाई अब यतै मरिन्छ हामी । अब घरको माया मारिसक्यौ हामीले त । यो दर्दनाक पिडा हामी आफै भित्र सल्बलायो तर कसैले पनि हाम्रो लागी सहयोगको पहल गरेन ।
पुन २९ तारिकमा मंगलबार म दुतावास मा झिनो आशा लिएर गए । त्यो दिन त झन् दुतावासनै त्यो स्थान परिवर्तन गर्दै रहेछ । अर्कै ठाउँमा दुतावास सर्दै रहेछ । जुन ठाउमा दुतावास सर्दै छ त्यो ठाउँमा अब झन् हामी जस्ता नेपाली धेरै समातिने छन । किनकी त्यँहा जान प्राय नेपालीले रेल सेवालिनु पर्ने हुन्छ । तेस्ता ठाउँमा यहाँको पुलिसको बडी मात्रामा सक्रियता हुन्छ । संयोग पुनः दुतावासकै एक कर्मचारी संग मेरो भेट भयो ।
अनि मैले सोधे अब कहिले बाट काम सुरु हुन्छ सर । प्रतिउत्तरमा १० तारिक बाट । मलाइ त्यो कर्मचारीले पहिला पनि धेरै चोटी देखेको थियो । अनि भन्यो भाई तिमि इमिग्रेसन बाट फर्किएको भाई होइन ? हो सर मैले भने । उसो भए विकल्प खोज तिमि दुतावास नआउँदा पनि हुन्छ । महिनौ को म भित्रको शंका सत्य कुरा प्रस्ट त्यति खेर हुन गयो ।
आखिरमा हामीले काम गरेका छौ भनेर नेपाल सरकार अनि मिडियालाई आँखामा छारो हाल्न हामी जस्ता मान्छेलाई दुःख सास्ती दिएर मान्छेको भिड सोयम दुतावासले नै बनाउँदो रहेछ । दुतावासका प्रन्येक कर्मचारी बीच एक गुट रहेछ जसरी हुन्छ पैसा कमाउने । जनता मरोस बाँचोस मतलब नराख्ने ।
मजबुरीमा पारेर आ–आफ्नो लिंकको मान्छे बाट सेटिंगमा मोटो रकम असुली बल्ल नेपाल पठाउने, इमिग्रेसन देखि दुतावाससम्म सेटिङ हुँदो रहेछ । कानुन ले सबुत खोज्छ, मसंग सबुत को नाउमा सोयम छु । अन्य भिडियो ,रेकड़िंग केहि छैन । नेपाली बिना मलेशिया शुन्य छ । मलेसियाको ६० प्रतिशत कम्पनी नेपाली बिना बन्ध गर्नु पर्ने अवस्ता आउँछ । यदि हाम्रो दुतावासले चाह्यो भने यो अबैधानिक समस्या केहि पनि होइन तर काठमाडौंमा महल ठड्याउने सपना उनिहरुले त्यति कै तुहाउन चाहदैन ।
सायद यो लेख पोस्ट भएपछि मलार्इ समस्या आउला यदि म मलेशिया मै केहि भैयो भनि यसको पुरा जिम्मेवार नेपाल सरकार ले लिनु पर्ने छ । यहि नै सत्य, तथ्य हो मलेशिया स्थित नेपाली दुतावासको ।
अनुरोधःम आफ्नो देश फर्कन चाहन्छु, सेटिंग बाट सकभर चाहन्न दुतावासले नै मलाइ नेपाल फर्कादिओस । यदि म सेटिंगबाट जानु पर्यो भने दुतावासकै कर्मचारीको सेट्रिकै मान्छे बाट जान्छु अनि भोलि नेपालमा पररास्ट्र मन्त्रालयले यसको जवाफ मिडियाको अगाडी दिनु पर्ने हुन्छ । यस्ता राजदुत लगायत कर्मचारीलाई तुरुन्त निलम्बन गरियोस ।
Comments[ 0 ]
Post a Comment