#
|
|

बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘सुल्तान’ले धमाकेदार ओपनिङ गरेको छ । पहिले देखि नै बहुचर्चित ‘सुल्तान’ले पहिलो दिनमै ६ रेकर्ड तोडेको भारतीय मिडियाले जनाएका छन् ।

रिजिल भएको पहिलो दिन सुल्तानले ४० करोड कमाएको छ । यो तथ्याङ्क ४३ करोडको सम्म हुन सक्ने बताइएको छ । यो कुनै पनि बलिउड चलचित्रले एक दिनमा कमाएको सबैभन्दा ठूलो रकम हो ।

१- सुल्तानले पहिलो दिनमा शाहरुख खानको फ्यानको पहिलो दिनको कमाइ १९. २० करोडको तुलनामा दोब्बर कमाइ गरेको छ । यो वर्ष रिलिज भएका चलचित्र मध्ये यो सबैभन्दा बढी पहिलो दिनको कमाइ हो ।
२- ईदमा रिलिज भएको यो चलचित्रले रिलिज भएकै दिनमा बलिउडमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको इतिहास बनाएको छ । यसले ईदमै रिलिज भएको ‘चेन्नई एक्सप्रेस’ को ३३ दशमलव १ करोड कमाइको रेकर्ड तोडेको हो ।
३- सुल्तानले रिलिजकै दिन सबैभन्दा बढी एड्भान्स बुकिङको रेकर्ड पनि बनाएको छ । यो चलचित्र रिलिज हुनु अघि नै २० करोड बुकिङ भैसकेको थियो । यो रकम ‘बजरंगी भाईजान’ र ‘किक’ को भन्दा बढी रकम हो ।

४- खेलमा बनेको चलचित्रकोरुपमा पनि सुल्तानले रेकर्ड बनाएको छ । खेलमा आधारित भएर बनेको चलचित्रमा पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने बलिउड चलचित्र बनेको छ ।
५- सलमान खानको सुल्तानले अहिले सम्मका आफ्ना सबै चलचित्रका रेकर्ड तोडेको छ । उनको चलचित्र ‘एक था टाइगर’ ले पहिलो दिनमा ३३ करोडको ब्यापार गरेको थिइो भने बजरंगी भाइजानले २७ दशमलव २५ करोड कमाइ गरेको थियो । त्यस्तै उनको किकले पनि पहिलो दिनमा साढे २६ करोड कमाएको थियो ।
६- सुल्तान बुधबार रिलिज भएर सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा समेत नम्बर एक भएको छ ।
Comments[ 0 ]
Post a Comment