राजधानीमा राँगाको मासु वा बफ मम खानु हुन्छ भने सावधान हुनुस् ! अनुगमनका क्रममा डरलाग्दो तथ्य बाहिर आएको छ ।
शुक्रवार विहान आपूर्ति मन्त्री गणेशमान पुन सहितको अनुगमन टोली सतुंगलको को राँगा बजार पुग्यो । राँगा बजारको आडैमा रहेको यो एक मात्र मोजमिल सेन्टर नामक बधशाला । राजधानीका कयौं ठाउँमा मासु वितरण गर्ने यो वधशाला पुग्दा अस्तब्यस्त र फोहोर भेटियो ।
राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको हो । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
अनुगमनका क्रममा ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । त्यस्तै, राँगोको मासु भन्दै भैंसीको मासु बेच्ने गरेको पनि पाइएको छ।
आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् । ‘यो बधशालामा हदैसम्मको लापरवाही देखियो, यस्तो मासु खाँदा जनताको स्वास्थ्य कस्तो भएको होला रु’ मन्त्री पुनले भने ‘त्यसैले यो बधशाला तत्काल शिल गर्न निर्देशन दिएको छु’ ।
मन्त्रीसँग अनुगमनमा जाँदैनन् सचिव आपुर्ती मन्त्री पुनले कार्यभार सम्हालेपछि अनुगमनलाई निरन्तरता दिइरहेका छन् । तर ब्यवसायीलाई अनुगमनबारे पूर्व सूचना दिने कर्मचारीको क्रियाकलापले उनी आजित छन् । रमाइलो कुरा त मन्त्री आफै अनुगमन जाँदा पनि मन्त्रालयका कनिष्ट कर्मचारी मात्रै सहभागी हुने गरेका छन् ।
अनुगमनमा लगातार मन्त्री आफै सक्रिय हुँदापनि मन्त्रालयका सचिव र अनुगमनको जिम्मेबारी पाएको सम्बन्धित निकाय उपभोक्ता हित संरक्षण तथा आपूति विभागको डिजी गोकुल बास्कोटा कुनै अनुगमनमा सहभागि भएका छैनन् ।
सूचना चुहाउनेलाई कारवाही हुन्छ- मन्त्री पुन आपूर्ति मन्त्री गणेशमान पुनले बजार अनुगमनको सूचना पहिले नै चुहाउने कर्मचारीलाई कारवाही गर्ने बताएका छन् । सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताउँदै उनले अनुगमन हुनु अघी नै सूचना दिनेहरुलाई कारवाही हुने बताए ।
शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा मन्त्री पुनले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएको बताए । उनले भने, “यो कुनै क्षणिक र देखावटी होइन”। मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरा दिएर गुणस्तरिय बस्तुको उपलब्धतामा जोड दिने बताए । उनले कालिमाटीमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने स्पष्ट पारे ।
Comments[ 0 ]
Post a Comment