#
|
|

हालै सञ्चालनमा आएको हिमालय एयरलाईन्सले काठमाडौं दोहाको दैनिक उडान सुरु गरेको छ । यस अघि सप्ताहमा ३ उडान मात्र भर्दै आएको हिमालय एयरलाईन्सले सेवाग्राहीहरुको सुविधाको लागि दैनिक उडान सुरु गरेको हो ।
हिमालय एयरलाईन्सका कन्ट्री म्यानेजर धीरज लामाले जानकारी दिए अनुसार यहि जुलाई १३ बाट काठमाण्डु दोहाको नियमित उडान भर्न सुरु गरेको हो । नेपालको स्थानीय समयानुसार हिमालय एयरलाईन्सको उडान त्रिभुवन विमानस्थलबाट राती ११ बजे उड्नेछ । दोहाको समयानुसार १.३० मा दोहा अवतरण हुनेछ ।
त्यस्तै गरी दोहाबाट नियमित उडानको समय रातको २.३० बजे उडान भर्नेछ भनेछ भने त्रिभुवन विमानस्थलमा विहानको १०.१५ मा अवतरण हुनेछ, कन्ट्री म्यानेजर लामाले बताए ।
नितान्त रुपमा नेपालीहरुको यात्रा सुविधा र सहजताको उद्देश्यको साथ सञ्चालनमा ल्याइएको एयरलाईन्सले नेपालीहरुको महानवपर्व दशैं र तिहारको अत्याधिक चापमा पुर्ण सेवा दिन हिमालय एयरलाईन्स थप सहायक हुने पनि लामाले बताए ।
नेपाली व्यवस्थापनको प्रमुखता रहेको सो विमानमा यात्रुको कुल सिट संख्या एक सय ६० रहेकोमा ८ सिट विजनेश क्लासको रहेको छ भने एक सय ५२ वटा सिट इकोनोमी रहेको पनि उनले बताए । यात्रुहरुको लागि लगेजको बहन सीमा तौल ४० केजी रहेको छ भने हाते झोला ७ केजी रहेको पनि उनले जानकारी दिए ।
Comments[ 0 ]
Post a Comment